जीवनशैली

सरकारको पहिलो निःशुल्क घुम्ती स्वास्थ्य शिविर

सरकारको पहिलो निःशुल्क घुम्ती स्वास्थ्य शिविर

     March 30, 2015

स्वास्थ्य मन्त्रालय र नेपाली सेनाको समन्वयमा रौतहट जिल्लाको गौरमा नेपाली सेनाको मोवाईल अस्पताल प्रयोग गरी ‘पहिलो निःशुल्क घुम्ती सघन स्वास्थ्य शिविर’ सञ्चालनमा स्वास्थ्य जाँच गराउन आउनेको भिड लागेको छ ।

पुरा समाचार
नेपालमा आजदेखि बहुपक्षीय सैन्य अभ्यास

नेपालमा आजदेखि बहुपक्षीय सैन्य अभ्यास

     March 30, 2015

नेपालमा आजदेखि सयुक्त सैन्य अभ्यास हुने भएको छ । नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र काभे्रको पाँचखालमा आजदेखि २८ मुलुकका एकहजार २४ सेनाले संयुक्त सैन्य अभ्यास गर्दैछन् ।

पुरा समाचार
महिला अधिकारकर्मीहरु चुनाव केन्द्रीत छलफलमा

महिला अधिकारकर्मीहरु चुनाव केन्द्रीत छलफलमा

     March 30, 2015

आगामी चुनावमा कसरी बढीभन्दा बढी महिलाको सहभागिता गराउने भन्ने विषयमा अधिकारकर्मीहरुले संयुक्त छलफल शुरु गरेका छन् । विभिन्न संचारमाध्यमका प्रतिनिधि तथा राजनीति र महिला अधिकारका क्षेत्रमा काम गर्ने एक दर्जनभन्दा बढी संस्थाका प्रतिनिधिहरुको संयुक्त छलफलले चुनावमा बढीभन्दा बढी उम्मेदवार महिला उठाउन, आवश्यकता अनुसार उनीहरुको क्षमता अभिवृद्धिका साथै मतदानमा सबै महिलाले भाग लिने अवस्थामा पु¥याउनका अभियान चलाउनुपर्ने आवश्यकता औंल्याएका छन् ।

पुरा समाचार
हात्तीपाइले रोग विरुद्धको औषधि आज पनि खुवार्इंदै

हात्तीपाइले रोग विरुद्धको औषधि आज पनि खुवार्इंदै

     March 30, 2015

हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउन स्वास्थ्यकर्मीहरु आज पनि घरघरमा जाने भएका छन् । परजिविबाट संक्रमित लामखुट्टेको टोकाईबाट सर्ने हात्तिपाईले रोगको निवारणका लागि हिजोदेखि दुई चरणमा विभिन्न जिल्लामा हात्तिपाईले विरुद्धको औषधी खुवाउन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पुरा समाचार
१५ जिल्लामा पोलियो थोपा कार्यक्रम आज पनि

१५ जिल्लामा पोलियो थोपा कार्यक्रम आज पनि

     March 30, 2015

पोलियो थोपा खुवाउने कार्यक्रम आज पनि जारी राखिएको छ । काठमाडौं उपत्यकासहितका १५ जिल्लामा अस्ति र हिजोका लागि तय गरिएको कार्यक्रम विभिन्न ठाउँमा स्वास्थ्यकर्मीको अवरोधका कारण संचालन हुन नसकेपछि स्वास्थ्य मन्त्रालयले आज पनि पोलियो खुवाउने कार्यक्रमलाई निरन्तरता दिएको जनाएको छ ।

पुरा समाचार
१५ जिल्लामा आज पोलियो थोपा कार्यक्रम

१५ जिल्लामा आज पोलियो थोपा कार्यक्रम

     March 30, 2015

विभिन्न १५ जिल्लामा आज र भोलि बालबालिकालाई पोलियो थोपा खुवाईदै छ । ५ वर्ष मुनिका तराईका १२ र काठमाडौै उपत्यकाका ३ सहित १५ जिल्लाका बालबालिकालाई आज पोलियो खुवाउन लागिएको हो ।

पुरा समाचार
रामेछापमा बिहान दुई पटक भूकम्प

रामेछापमा बिहान दुई पटक भूकम्प

     March 30, 2015

रामेछाप जिल्लामा आज बिहान करिब ४५ मिनेटको बीचमा दुई पटक भूकम्प गएको छ । बिहान ९ बजेर २२ मिनेटमा रामेछाप केन्द्रविन्दु भएर ४ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको हो ।

पुरा समाचार
स्वास्थ्य सेवाप्रति कालिकोटका महिलाहरुको चासो

स्वास्थ्य सेवाप्रति कालिकोटका महिलाहरुको चासो

नन्दकृष्ण अधिकारी, रेडियो चंखेली, कालिकोट      March 30, 2015

विगतका वर्ष भन्दा यसवर्ष प्रभावकारी सेवा भैरहेको भन्दै जिल्ला स्वास्थ्य कार्यालयले दाबी गरिरहेका बेला स्वास्थ्य संस्थामा आउने सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रवाहका लागि स्वास्थ्य मन्त्रालयले व्यवस्था गरे अनुसारको सेवा कालिकोटका स्वास्थ्य संस्थाहरुबाट नपाइएको महिलाहरुको गुनासो छ ।

पुरा समाचार
कालीकोटका एकल महिलाहरु सामुहिक सिलाइ कटाइमा

कालीकोटका एकल महिलाहरु सामुहिक सिलाइ कटाइमा

     March 30, 2015

कालीकोट जिल्लाका एकल महिलाहरुले सिलाई कटाई सिप सिकेर आफ्नो जीवन गुजारा गर्न थालेका छन । एकल भएपछि समाजमा बेसाहारा हुने गरेका उनीहरुले मान्म बजारमा सामुहिकरुममा सिलाई कटाई गर्न थालेका हुन् ।

पुरा समाचार
गायक पन्नाकाजीको निधन

गायक पन्नाकाजीको निधन

     March 30, 2015

गायक पन्नाकाजी शाक्यको आज बिहान आफ्नै घर टेकुमा निधन भएको छ । ‘तिरिरी मुरली बज्यो वनैमा’, ‘किन किन तिम्रो तस्बिर मलाई निको लाग्छ’ ‘नौलाखे तारा’ लगायत गीत निकै लोकप्रिय छ भने आधुनिक, भजन, स्वेदशगान, लोकगीत र नेपाल भाषाका गरी चार सयभन्दा बढी गीत रेकर्ड भएका छन् ।

पुरा समाचार