जिका भाइरस नेपालमा सम्भावना कति ? (अडियोसहित)

अमेरिकामा जिका भाइरसको दुर्लभ घटना

प्रकाशित मिति: 2016-02-03

काठमाडौं २० माघ । विश्वमै जिका भाइरसको सन्त्रास फैलिएका बेला नेपालमा पनि त्यसको जोखिम देखिएको छ । थाइल्याण्डमा समेत जिका भाइरस देखिएकाले नेपालमा थप जोखिम हनसक्ने विज्ञहरुले बताएका छन् ।

तर नेपालमा रोग पहिचान गर्न सक्ने परीक्षण सुविधा उपलब्ध छैन । यस्तो स्थितिमा मुलुकमा रोग संक्रमणको उच्च जोखिम रहेको विज्ञहरूले बताएका छन् ।

‘जिकाको उच्च जोखिम देखिए पनि हाल मुलुकमा यो रोग लागे नलागेको बारे पहिचान गर्न सकिने स्थिति नभएपनि परीक्षण मेसिन किन्ने प्रक्रिया भने सुरु गरेको छ ।

जिका भाइरस ‘पोलिमर चेन रियाक्सन (पीसीआर)’ को माध्यमले पहिचान गरिन्छ भने भाइरस रगतको नमुनाबाट छुटयाइन्छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा गीता शाक्य नेपालमा यो संक्रमण भित्रन सक्ने उच्च सम्भावना रहेको बताउनुहुन्छ ।  

महामारी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। बाबुराम मरासिनीले पनि हाल विशेषखालको रगत जाँच्ने सुविधा उपलब्ध नरहेकाले रोगको पहिचान नगरिने बताउनुहुन्छ । तर सजगता भने अपनाइने उहाँको दावी छ ।

गर्भवती वा गर्भधारण गर्न चाहने महिलालाई हाल जिका भाइरस रोग प्रभावित क्षेत्र नजान उहाँको सल्लाह छ ।  

विश्व स्वास्थ्य संगठन डब्लूएचओले जिका भाइरस विरुद्ध विश्वमा स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।  सन् २०१५ को मेमा महिनामा ब्राजिलमा पहिलोपटक जिका भाइरस देखापरेको थियो ।

अमेरिकामा  दुर्लभ घटना

अमेरिकामा एक जनामा पुरुषमा जिका भाइरसको संक्रमण फेला परेको छ । ती व्यक्तिलाई यौन सम्पर्कबाट संक्रमण फैलिएकाले यसलाई दुर्लभ घटना मानिएको वीवीसीले लेखेको छ । जिका भाइरस लामखुट्टेको टोकाइबाट सर्ने गर्छ । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले सिडिसीले टेक्सासको डालसका एक व्यक्तिमा जिका भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

संक्रमित व्यक्ति जिका भाइरस संक्रमण फैलिएको क्षेत्रमा नभएको तर यौन साथी संक्रमण फैलिएको जनाइएको छ । जिका भाइरस विशेष गरी एडिस एजिप्टाइल जातको लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । यो भाइरसका कारण बालबालिकाको मश्तिष्कमा असर पर्ने गर्दैछ ।  

के हो जिका भाइरस ?

यो ‘एडिस एजिप्टी’ नामको लामखुट्टेको टोकाइबाट फैलिने भाइरस हो । यो त्यही लामखुट्टे हो, जो जण्डिस, डेंगु लगायतका रोग फैलाउन जिम्मेवार छ । यसको सबैभन्दा नराम्रो प्रभाव गर्भवती महिलालाई पर्छ ।

भाइरस संक्रमित महिलाले जन्माउने बच्चा निकै सानो टाउको लिएर जन्मिन्छन् । भाइरसले मष्तिष्कलाई पनि पूरा विकास हुन दिँदैन । यस्तो बच्चा मानसिकरुपमा कमजोर हुन्छ ।

यो भाइरस सबैभन्दा पहिलो पटक सन १९४७ मा अफ्रिकी देश युगाण्डमा भेटिएको थियो । यसको त्यस्तो कुनै खास लक्षण छैन, यसको पहिचान गर्न निकै गाह्रो हुन्छ ।

अब इबोलाजस्तै यसमा पनि विश्वभर संकटकाल घोषणा गर्ने कि कस्तो सतर्कता अपनाउने भन्ने डब्लूएचओको बैठकले रणनीति तय गर्नेछ ।

अडियो सुन्नुहोस्

तपाईंको बिचार