संविधान संसोधन विधेयक जनताको जानकारीको लागि सार्वजनिक

प्रकाशित मिति: 2017-01-10


काठमाण्डु । सरकारले संसदमा पेश गरेको संविधान संसोधन बिधेयक जनताको जानकारीको लागि आज सार्वजनिक भएको छ । विपक्षीको बिरोधकै बिच संसदमा पेश भएको संसोधन बिधेयक जनताको जानकारीको लागि जस्ताको त्यस्तै आजको गोरखापत्र दैनिकमा प्रकाशित भएको छ ।

संसद सचिवालयका प्रवक्ता भरत शर्माका अनुसार नियमित प्रक्रियामा जाँदा पनि कम्तिमा १५ दिन अगाडी संसोधन प्रस्ताव पेश हँुदैन । संविधानको धारा २७४ को उपधारा ३ मा संंशोधन सदनमा पेश भएको ३० दिनभित्र जनताको जानकारीका लागि सार्वजनिक गर्नुपर्ने व्यवस्था छ ।

यसैबीच ब्यवस्थापिका संसदको बैठक आज पनि बस्दैछ । आज दिउँसो बस्ने बैठकमा निर्वाचन विधेयकका विषयमा सांसदहरुले भनाई राख्नेछन् । हिजोको सांसदहरुले स्थानीय तह निर्वाचन विधेयकमै निर्वाचनको मिति तोकेर जानुपर्ने प्रस्ताव गरेका छन् । 

 

तपाईंको बिचार