धनकुटाका हरेक घरमा 'विष' पाक्दै

प्रकाशित मिति: 2017-01-11
विदुर खवास, रेडियो लालीगुरास धनकुटा

धनकुटा ।  जिल्ला कृषि विकास कार्यालय धनकुटाले मानव स्वास्थ्यमा गम्भिर असर पार्ने विषादी न्यूनीकरणका लागि बर्षेनी विभिन्न अभियान सञ्चालन गरिरहेको छ । तर विषादी न्यूकरण हुन सकेको छैन । 

कृषिजन्य उत्पादन बढाउन, रोग किराको नियन्त्रण गर्न र उत्पादनलाई लामो समय टिकाउन प्रयोग गरिने बिषादीको प्रयोग धनकुटामाबर्षेनी बढ्दै गएको हो । आर्थिक बर्ष ०६८्६९ मा १० दशमलव १ मेट्रिकटन मात्र प्रयोग हुने गरेको बिषादीको मात्रा बढेर अहिले १९ दशमलव ९ मेट्रिकटन पुगेको छ ।

योे तथ्याङ्कलाई तुलना गर्ने हो भने बिषादी प्रयोग दोब्बर भएको जिल्ला कृषि बिकास कार्यलय नै बताउँछ । कार्यालयका बाली संरक्षण अधिकृत छविलाल घिमिरे विषाधी प्रयोग बढेको तर बढाउने प्रषस भइरहेको बताउनुहुन्छ । 

धनकुटामा सबैभन्दा बढि ६० प्रतिसतभन्दा बढि बिषादी तरकारी बालिमा प्रयोग हुने गरेको छ । चिया, अदुवा र अलैची लगायतका नगदेबालीका  साथै जिल्लामा फल्ने फलफूल तथा तेलदहन बालीमा समेत विषादीको प्रयोग हुने गरेको छ । 

बर्षेनी बढ्दो बिषादी प्रयोग न्युनिकरणका लागि गोष्ठी, प्रदर्शनी, आईपिएम पाठसाला लगायतका कार्यक्रम गर्दै आएको कार्यालयको भनाइ छ । खाद्यान्न तथा तरकारीवालिमा हुने बिषादीको उच्च प्रयोग घटाउदै लगेर बिषादी बिष हो, औषधी होइन भन्ने कुरा बुझाउन जरुरी छ । किसानलाई मात्र होइन उपभोक्तालाई पनि प्रभावकारी ढंगले  यस्ता विषय बुझाउनुपर्ने सरोकारवालाको भनाई छ।  

तपाईंको बिचार