च्याउ खेतीले उकासिएको जीवन

अलिकति मेहनेत गरे लाखौ आम्दानी

प्रकाशित मिति: 2017-04-19
ज्योति श्रेष्ठ

काठमाण्डु । आजभोलि धेरै युवाको एउटै गुनासो सुनिन्छ, ‘देशमाभनेजस्तो काम नै पाइएन ।’  गतिलो रोजगारी भेटिएन भन्दै विदेश जानैपर्ने भयो । तर थोरै लगानीमाहुने च्याउ खेतीगरेर लाखौ कमाउने युवाहरु थुप्रै भेटिन्छन् । कम मिहेनत र लगानीमा राम्रो उन्नती हुने च्याउ खेतीमा कयौँ युवा भेटिन थालेका छन् । 

भक्तपुरका युवाहरु पनि च्याउ खेतीमा अग्रसर देखिन्छन् । भक्तपुर सिपाडोलका उर्मिला मचामसिको दम्पतिले च्याउ व्यवसाय गर्नुभएको एक दशक भयो । भक्तपुरको सिपाडोल बस्ने मचामसी दम्पत्ति च्याउ खेती गर्न झौखेलसम्म आइपुग्नुहुन्छ । च्याउ सँग–सँगै अरु तरकारी पनि फस्टाएको छ । 

च्याउ खेती गर्ने प्रविधि त्यत्ति अप्ठेरो छैन । अरुले गरेको एकपटक देख्नुभयो भने पनि सिक्न सक्नुहुन्छ । तर, वयवसायिक रुपमा अघि बढ्न तालिम लिएकै राम्रो हुन्छ । त्यहीँ तालिम लिन उर्मिला मचामसिकै कृषि फार्ममा चार जना प्रशिक्षार्थीहरु भेटिनुभयो । च्याउ खेतीमा भविष्य देखेका चारै जना सबै काम छाडेर त्यसमै तल्लिन देखिन्छन् । कृषि विषय पढ्न र यस सम्बन्धि काम गर्न खासै गाह्रो नहुने उहाँहरुको अनुभव छ । 

भक्तपुरको सीमानामा पर्ने काभ्रे , ढुङ्खर्कका शिव प्रसाद तिमिल्सना वैदेशीक रोजगारीबाट फर्केर अहिले च्याउ खेतीमै लाग्नु भएको छ । २ वर्ष विदेश समय खर्चिदा पनि खासै आम्दानी गर्न नसक्नु भएका तिमिल्सना विदेशबाट फर्केर च्याउ खेतीमै उन्नती खोजि रहनु भएको छ । एक लाखमा सुरु गरेको च्याउ खेतीले ८ महिनामै ५ लाख आम्दानी दिएपछि उहाँले त्यसलाई नै व्यवसाय बनाउनु भएको छ । विदेशमा गर्ने परिश्रम नेपालमा नै गर्ने हो भने कृषि क्षेत्रको विकास हुनेमा विश्वास राख्नुहुन्छ । त्यसकारण पनि उहाँ नेपालमा नै सानो व्यवसाय गर्न युवाहरुलाई सुझाव दिनुहुन्छ । 

खेतीमा सामान्य आय भएका परिवारले पनि लगानी गर्न सक्छन् । भक्तपुर व्यासीका च्याउ व्यवसायी उकेश कोजुँ थोरै पैसाबाट २ रोपनीमा च्याउ खेती गरिरहनु भएको छ । उहाँ पनि व्यवसायबाट निकै सन्तुष्ट हुनुहुन्छ । सुरुमा थारै लगानीबाट च्याउ व्यवसाय गर्न उहाँ सुझाव दिनुहुन्छ ।  

पहाडी क्षेत्रका गाउँ घरमा सजिलै च्याउ खेती गर्न सकिन्छ । आफ्नो ठाउँको वातावरण र उपलब्ध साधनमा आधारित भएर फरक–फरक किसिमका च्याउ खेती गर्न सकिन्छ । प्रायःचिसो मौसममा हुने च्याउ खेती गर्मी मौसममा तराईमा भने यो सम्भव नहुने विज्ञहरु बताउँछन् । तर, पहाडी क्षेत्रमा भने यो खेती बाह्रै मास गर्न सकिन्छ ।

 

तपाईंको बिचार