प्रमूख पदको उमेद्वारका लागि महिलाहरुले पार्टी भित्रै लड्नु पर्छः सभामुख घर्ति

प्रकाशित मिति: 2017-04-20

काठमान्डु । स्थानीय तहको चुनाब नजिकिंदै गर्दा महिला सहभागिताको बिषय पनि दिनानु दिन छलफलको मूल विषय बन्न थालेको छ । गाँउ, नगर, उपमहानगरपालिका र महानगरपालिकामा महिलाहरुलाई उपप्रमुख र उपाध्यक्षमा मात्रै सिमित गराउन थालिएको भन्दै सरोकारवालाले भने चिन्ता व्यक्त गरेका छन् ।  काठमान्डौंमा जम्मा भएका देशभरका महिलाहरुले प्रमुखमा नै महिलाहरुले अवसर पाउनुपर्ने दाबी गरे ।

संविधानले सुनिश्चित गरेको महिला प्रतिनिधित्वको सवाललाई स्थानीय निर्वाचन संस्थागत गर्न महिलाहरु लागि परेका छन् । त्यसका लागि संयुक्त राष्ट्र संघिय महिला विकास कार्यक्रमले देशभरका राजनितिज्ञ, महिला अधिकारकर्मी र पत्रकारलाई काठमान्डुमा भेला पारेको छ । यस अगाडीका चुनाब भन्दा स्थानीय तहको चुनाबमा महिलाहरुको सहभागिता धेरै हुने निश्चित प्राय छ । सदस्य र उपप्रमुखमा महिला हुनै पर्ने संबैधानिक प्राबधान भएपनि प्रमुख पदमा भने महिलाहरुको उम्मेदवारी पर्ने संभावना कम छ । सभामूख ओनसरी घर्तिमगरले महिलाहरुले प्रमूख पदमा दाबी गर्नुपर्ने र स्थानीय तहको नेतृत्वमा आउनु पर्ने बताउनुभयो ।

१३ हजार ३ सय ६० महिला भन्दा धेरै महिला कार्याकारी नेतृत्वमा आउन लागेको यो पहिलो पटक हो । त्यसैले पनि खुलेर राजनितिक दलले महिलाहरुलाई टिकट दिईहाल्ने अवस्था छैन । नेतृत्वको लागि आफ्नो दलसंगै आफै लड्नुपर्नेमा सभामुख घर्तिमगरको जोड छ ।  

संविधानले हरेक निकायमा समानुपातिक समावेशिताको सिद्धान्तलाई आत्मसाथ गरेको छ । प्राप्त अधिकारलाई उपयोग गर्न महिलाहरुले थप अभियान थाल्नुपर्ने प्रमुख निर्वाचन आयुक्त अयोधि प्रसाद यादवले बताउनुभयो ।  

कतिपय स्थानमा समक्ष महिला नभेटिएको, कतिपय ठाँउमा राजनितिक दलले टिकट नदिएको गूनासोहरु पनि उत्तिकै छन् । तर सक्षम महिलाहरुले आफु अगाडी बढ्न आफैले पनि पहल गर्नुपर्ने देखिन्छ ।

 

तपाईंको बिचार