सत्ताधारी दल र मोर्चाबीच निर्णायक वार्ता जारी

प्रकाशित मिति: 2017-04-21

काठमाडौँ । संविधान संसोधन र स्थानीय तहको निर्वाचनका बारेमा छलफल गर्न सत्ताधारी र मधेसी मोर्चाबीच छलफल सुरु भएको छ । आज दिनभर छलफल गरेर भए पनि सहमतिमा पुग्ने प्रयासस्वरुप प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैठक आह्वान गर्नु भएको हो ।  

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । बैठकमा संविधान संशोधन प्रस्ताव र स्थानीय तहको निर्वाचनका विषयमा कुराकानी भइरहेको प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ । 

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री बिमलेन्द्र निधि, कांग्रेस नेताहरु रामचन्द्र पौडेल, सशांक कोइराला, प्रकाशमान सिंह सहभागी हुनु भएको छ ।

माओवादी केन्द्रका नेता वर्षामान पुन ‘अनन्त’, मोर्चाका नेताहरु महन्त ठाकुर, राजेन्द्र महतो, अशोक राई, राजेन्द्र श्रेष्ठ, अनिलकुमार झा, शरतसिंह भण्डारी, महेन्द्र राय यादव, हृदयेश त्रिपाठी लगायत पनि बैठकमा सहभागी हुनुहुन्छ ।

 

तपाईंको बिचार