मोर्चा र सरकार छलफलमा ब्यस्त

मोर्चा चुनावमा आउने आशा

प्रकाशित मिति: 2017-04-21
सोबिता रिसाल

संविधानको धारा ७ र २ सय ७४ तथा आयोग मार्फत सिमाङ्कनको बिषय टुङगो लगाउने बिषय आफुहरुलाई चित्त नबुझेको भन्दै मोर्चाका नेताहरुले यसलाई परिमार्जन गर्न माग गरेका छन् ।

काठमाण्डौ । मधेसमा क्रियाशिल बिभिन्न ६ दलले पार्टी एकता गरेर सरकारसँग वार्तामा बसेसँगै उनीहरु चुनाबमा आउने आशा पलाएको छ । हिजो ६ दल मिलाएर एक भएका मधेसका नेताहरु आज बिहान ९ बज्दा नबज्दै प्रधानमन्त्री निवास वालुवाटार पुगेका थिए ।

कांग्रेसका शिर्ष नेतासँगै संघिय समाजवादी फोरम नेपालका नेताहरु सहभागि बैठकमा प्रधानमन्त्री प्रचण्डले चुनाब र संविधान संसोधनका बारेमा धारणा माग्नुभयो । बैठकमा सहभागी माओवादी केन्द्रका नेता बर्षमा पुनका अनुसार संविधान संसोधन र निर्वाचन सँगै लैजाने प्रस्तावमा मोर्चाका नेताहरु सकारात्मक बनेका छन् ।

संविधानको धारा ७ र २ सय ७४ तथा आयोग मार्फत सिमाङ्कनको बिषय टुङगो लगाउने बिषय आफुहरुलाई चित्त नबुझेको भन्दै मोर्चाका नेताहरुले यसलाई परिमार्जन गर्न माग गरेका छन् । माग सम्बोधन नभए घोषित आन्दोलन फिर्ता नलिने भन्दै मधेसवादी दलका नेताहरुले चुनाबमा जान आफूहरु तयारै रहेको बताउने गरेका छन् । नेता लक्ष्मणलाल कर्णले पनि त्यहि आशयको कुरा गर्नुभयो ।

सरकारले चुनाबको मिती घोषणा नगर्दै मोर्चाले माग पूरा भए चुनाबमा जाने बताउँदै आएको हो । अन्तिम समयमा आएर फेरी पनि मधेसका नेताहरु चुनाब प्रति सकारात्मक भएपछि सरकारले चुनाब र संसोधनको कुरालाई सँगै लैजाने आश्वासन दिएको छ । संविधान संसोधन र निर्वाचन एक साथ अघि बढाउन सजिलो नभएको राजनितिक विश्लेषक सोमत घिमिरेको भनाई छ ।

आज दिनभरी सरकार पक्ष र मधेसका नेताहरुविच एकपक्षिय, बहुपक्षिय छलफल भए पनि निचोड निस्किएको छैन । मधेसबादी दलका नेताहरुले भरेरातिसम्म माग पूरा नभए आन्दोलन नरोकिने चेतावनी दिए पछि सरकार सहमतिमा ल्याउन दलीय छलफलमा जुटेको छ ।

 

तपाईंको बिचार