९४ स्थानीय तहको मतगणना सकियो : आयोग

तीन हजार, दुईसय ८५ प्रतिनिधि निर्वाचित

प्रकाशित मिति: 2017-05-18
काठमाडौं ।

निर्वाचन आयोगले वैशाख ३१ गते सम्पन्न पहिलो चरणको निर्वाचनमा हालसम्म तीन हजार, दुईसय ८५ प्रतिनिधि विजयी भएका जनाएको छ ।

आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माका अनुसार वैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गत पहिलो चरणमा भएको तीनवटा प्रदेशको चुनावमा तीन हजार, दुईसय ८५ प्रतिनिधि विजयी भएको औपचारीक जानकारी आयोगलाई प्राप्त भएको छ । यो बिहीबार बिहान १० बजेसम्मको जानकारी हो ।

कान्तिपथस्थित आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट प्राप्त जानकारीअनुसार, बिहीबार बिहान १० बजेसम्ममा ९४ स्थानीय तहको मतगणना कार्य सकिएको छ । 

पछिल्लो विवरणअनुसार, नगरप्रमुख वा अध्यक्ष ९४, उपाध्यक्ष/उपप्रमुख ९४, वडाध्यक्ष ७ सय ७८, वडा सदस्य एक हजार, एकसय ८२, महिला सदस्य ५ सय ९५ र दलित महिला सदस्य ५ सय ४२ निर्वाचित भइसकेका छन् । 

तपाईंको बिचार