व्यास नगरपालिकाको मेयरमा कांग्रेस विजयी

उप मेयरमा पनि कांग्रेसले जित्यो

प्रकाशित मिति: 2017-05-18
पवन पौडेल, दमौली एफएम, तनहु

तनहुको व्यास नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार बैकुण्ठनाथ न्यौपाने विजयी हुनुभएको छ । झण्डै चार दिन लगाएर सकिएको मतगणनाको परिणाम अनुसार न्यौपाने मेयरमा विजयी हुनुभएको हो ।

मेयरमा विजयी न्यौपानेले १३ हजार ५६ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका शंकरनारायण श्रेष्ठले ९ हजार ५ सय ९१ मत प्राप्त गर्नुभयो । उप मेयरमा फराकिलो मतान्तरले कांग्रेसका मिरा जोशी विजयी हुनुभएको छ ।

शुरुदेखि नै निकै मतान्तरले अग्रता लिनुभएका जोशीले एमाओवादी केन्द्रका उप मेयर उम्मेदवार अतिन्द्रकेशरी न्यौपानेलाई पराजित गर्नुभएको हो । उप मेयरमा विजयी जोशीले १३ हजार, दुई सय ६० मत प्राप्त गर्नुभयो भने न्यौपानेले तीन हजार, चार सय ७७ मत पाउनुभयो । 

 

तपाईंको बिचार