रामेछापको रामेछाप नगरपालिकामा नेपाली कांग्रेस विजयी

प्रकाशित मिति: 2017-05-19

रामेछाप । रामेछापको रामेछाप नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । रामेछाप नगरपालिकाको अध्यक्षमा कांग्रेसका नरबहादुर थापामगर ४४०२ मत ल्याएर विजयी भएका छन् । उहाँका निकटतम् प्रतिद्वन्द्वी एमालेका रोशन पाख्रिनले ४३०० मत पाए ।

त्यसैगरी उपाध्यक्षमा पनि कांग्रेसकै उम्मेदवार विजयी हुनुभएको छ । कांग्रेसकी सिर्जना खड्काले जितका लागि ४३९३ मत ल्याउनुभयो ।, उहाँका निकटतम् प्रतिद्वन्द्वी एमालेकी शान्ता सापकोटाले ३९९४ मत ल्याउनुभयो ।  माओवादीका मेयरका उम्मेदवारले ३२०२ मत ल्याए भने उपमेयरका उम्मेदवारले ३१३८ मत ल्याए । ५ गाँउपालीका रहेको रामेछापमा अधिकाँस गाँउपालिकाको अन्तिम मत सार्वजनिक भएको छ ।

सार्वजनि मत अनुसार खाँडादेवि गाँउपालीकमा एमालेका प्रेम तामाङ विजयी भएका छन भने सुनापति गाँउपालीका माओबादि केन्द्रका धावा लामा विजयी भएको खबर भर्खरै प्राप्त भएको छ । यसअघि लिखु गाँउपालिकामा पनि एमालेका गोविन्द खड्का प्रमुखमा विजयी हुनु भएको थियो ।

तपाईंको बिचार