तीन प्रदेशको गणनामा नेकपा एमालेको अग्रता कायमै

भरतपुर महानगरमा माओवादीका रेणु दाहाल एमालेका ज्ञवालीभन्दा अगाडि

प्रकाशित मिति: 2017-05-19

काठमाडौँ । स्थानीय तहको पछिल्लो परिणाम सार्वजनिक हुँदासम्म नेकपा एमालेले आफ्नो अग्रता कायम राखेको छ । एमालेलाई संसदको पहिलो ठूलो दल नेपाली कांग्रेसले पच्छ्याइरहेको छ ।

स्थानीय तहको मतगणनाको परिणाम आउने क्रम जारी छ । वैशाख ३१ गते सम्पन्न २ सय ८३ स्थानीय तहमध्ये अहिलेसम्म २ सय २० भन्दा बढी स्थानीय तहको परिणाम सार्वजनिक भएको छ । सार्वजनिक परिणामअनुसार एमालेले आफ्नो अग्रता कायम राखेको छ भने नेपाली कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ ।

पछिल्लो परिणामअनुसार एमालेले ३२ नगरपालिका सहित ९८ स्थानमा विजयी हासिल गरेको छ । नेपाली काँग्रेसले अहिलेसम्म ८८ स्थानमा जित हासिल गरेको छ भने माओवादी केन्द्रले अहिलेसम्म ४३ स्थानमा जित हासिल गरेको छ । तीन स्वतन्त्रसहित नयाँ शक्ति, राप्रपा र राष्ट्रिय जनमोचाले एक एक स्थानमा जिेतका छन् ।

यसैबीच चितवको भरतपुर महानगरपालिकाको मेयर पदमा माओवादी केन्द्रका उम्मेदवार रेणु दाहालले अग्रता लिनु भएको छ । पछिल्लो विवरण अनुसार दाहाले ११ हजार ९ सय ८५ मत पाउनु भएको छ भने एमालेका मेयर पदका उम्मेदवारी देवी ज्ञवालीले ११ हजार ९ सय दुई मत पाउनु भएको छ । मतगणना जारी छ । 

 

तपाईंको बिचार