सडक बन्द हुँदा तीन गाउँपालिकाका नागरिकको सम्पर्क टुट्यो

प्रकाशित मिति: 2017-07-17
सृष्टि सुनुवार,सोलु एफएम सोलुखुम्बु

सोलुखुम्बुको सल्लेरी–नेले सडक खण्ड फेरि बन्द भएको छ । सोलुदुधकुण्ड नगरपालिका ६ दोर्पुबजारस्थित नवनिर्मित बसपार्क नजिकै सडकमा पर्ने बिजुलीको पोल जोगाउनको लागि पर्खाल लगाउनको क्रममा सडक अबरुद्ध भएको हो ।

बसपार्क नगरपालीकाको आन्तरीक कोषबाट लगानी गर्ने गरि निर्माण गरिएको सोलुदुधकुण्ड नगरपालीका वडा नम्बर ६ का वडा अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । सडक अबरुद्ध हुदा दुधकौशिका, सोताङ र महाकुलुङ गाउँपालीकाका नागरिक मारमा परेका छन् ।

निर्माणाधिन गार्मा जोर बौद्ध नेले, देउसा सडक खण्डमा समेत यातायात सञ्चालन हुन नसक्दा दैनिक उपभोग्य बस्तु लगाएत सम्पुर्ण यातायात ठप्प भएको छ । अहिले दैनिक उपभोग्य खाद्यान्न खच्चडमा ढुवानी भईरहेको छ । यात्रुहरुलाई हिडेर नै यात्रा गर्नु पर्ने वाध्यता रहेको छ ।

बाटाको अवस्था राम्रो नभएपछि र निमार्णको काम जारी रहेकाले गाडी चलाउन नसकिने सोलुखुम्बु यातायात व्यवसायी संघका उपेन्द्र श्रेष्ठ बताउनुहुन्छ । सडक सुचारु हुन अझै एक साता लाग्ने देखिएको छ । यसैबीच यातायात व्यवस्था विभागले बिपी राजमार्गमा रातिको समयमा चल्ने भाडाका सवारीसाधन आवतजावतमा रोक लगाएको छ ।

वर्षाको समयमा रातीको यात्राले दुर्घटनाको जोखिम बढाउने भन्दै आज रातीदेखि नै यो सडक खण्डमा रात्रिकालीन समयमा चल्ने भाडाका सवारी आवतजावतमा रोक लगाउने निर्णय गरेको हो ।

 

तपाईंको बिचार