बैज्ञानिक वन व्यवस्थापनमा सरकारको जोड

प्रकाशित मिति: 2017-09-13

काठमाण्डु । सरकारले दिगो वन व्यवस्थापनका लागी बैज्ञानिक बन व्यवस्थापनको कामलाई प्राथामिकतामा राखेको छ । सामुदायिक सुचना नेटवर्क (सीआइएन)ले आज गरेको सीआइएन सम्वादमा वन मन्त्रालयका सहप्रवक्ता यज्ञनाथ दाहालले दिगो बन व्यवस्थापनका लागि बैज्ञानिक बन व्यवस्थापनको काममा सरकारले प्राथामिकता दिएको जानकारी दिनुभयो । 

सरकारले पाँच ज अर्थात, जल, जमिन, जंगल, जीव र जनता बिचको अन्तर सम्बधको बारे जनचेतना फैलाई जंगल संरक्षणमा लाग्ने बताउनुभयो । तराई क्षेत्रमा बैज्ञानिक बन व्यवस्थापन सुरु गरिसकेको उहाँको भनाई थियो । 

कार्यक्रममा सहभागी सामुदायिक बन उपभोक्ता महासंघका सचिवालय सदस्य ठाकुर भण्डारीले दिगो बन व्यवस्थापनका नाममा वैज्ञानिक बन व्यवस्थापन गरेर सरकारले वैधानिक भ्रष्टाचार गरेको आरोप लगाउनुभयो । 

कार्यक्रममा वन विज्ञ सम्भु दंगालले बन क्षेत्रको बिकासका लागी दिगो बन व्यवस्थापन लागु गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

 

तपाईंको बिचार