टाउकोमा सिउरिने जमरा एक-फाइदा अनेक

जीवन बचाउन सक्छ जमराले (अडियोसहित)

प्रकाशित मिति: 2017-09-30

आज दशैको टीका जमरा लगाएर मान्यजनबाट आशिस थाप्ने दिन । सामान्यता हामी जमरा लगाएपछि फाल्छौं अथवा कतै राख्छौं ।

समग्रमा त्यसको सदुपयोग गर्दैनौ तर तपाईलाई थाहा नहुन सक्छ, जमरा क्यान्सरलगायतका रोगको औषधी पनि हो । 

अक्सर दशैंमा विभिन्न अन्नको जमरा उमारेर टिका लगाएपछि शिरमा सिउरिने गरिन्छ । जमरा शिरमा सिउरिन किन योग्य छ भन्ने कुरा यसको औषधीय गुणबाट पनि थाहा पाउन सकिन्छ । 

के के पाइन्छ जमरामा ? 

जमरा राम्रो आहार पनि हो । खासगरी गहुँको जमरा उमारेर नियमित रुपमा त्यसको रस पिउँदा निकै लाभ मिल्छ । किनभने यसमा पोषक तत्व पाइन्छ, जसमध्ये क्लोरोफिल अधिक हुन्छ । त्यसका साथै प्रोटिन, भिटामिन, फाइबर, क्याल्सियम र कार्बोहाइड्रेट्सको राम्रो स्रोत हो, गहुँको जमरा ।

गहुँको जमराको जुस सेवन गर्दा स्वास्थ्यमा फाइदा गर्छ । खासगरी मुख तथा दाँतसम्बन्धी समस्या हटाउन, रगतमा चिनीको मात्रा नियन्त्रित गर्न, पाचन यन्त्र बलियो बनाउन, कलेजोलाई स्वस्थ्य राख्न गहुँको जमरा उपयोगी हुन्छ ।

त्यसका साथै कतिपय छालाको समस्या र केसको समस्यामा पनि गहुँको जमरा लाभदायक हुन्छ । गहुँको जमरा त्यसै चपाएर पनि सेवन गर्न सकिन्छ । साथै यसबाट रस निकालेर पिउन पनि सकिन्छ । गहुँको जमराको जुस बनाएर पिउँदा स्वादिलो हुन्छ । 

कसरी बनाउने त जुस ?

- आठदेखि दश वटा गहुँको जमरा जरामै काटेर राम्ररी धुने, यसलाई कुटेर रस निकाल्ने । 
- सफा कपडामा त्यसलाई राख्ने र निचोर्नुपर्छ । यसको रस कुनै गिलासमा राख्नुपर्छ ।
- यो जुसमा थोरै तुलसीको रस चुहाइदिन सकिन्छ । साथै मह र अदुवा पनि मिश्रण गर्न सकिन्छ ।
- यो जुसमा थोरै पानी मिसाउनुहोस् । अब जुस पिउन सकिनेछ ।

तपाईंको बिचार