पुनर्निर्माणको काम सुस्त, १४ हजारले लिए तेस्रो किस्ता

३० हजारले अझै पहिलो किस्ता लिन बाँकी

प्रकाशित मिति: 2017-10-01
काठमाडौं ।
तस्बिर : गुगल
तस्बिर : गुगल

२०७५ असार मसान्तभित्र सबै भूकम्प पीडितले अनुदान सहयोग वापतको सबै किस्ता लिइसक्न सरकारले आग्रह गरेपनि पुननिर्माणको काम सुस्त देखिएको छ ।

स्थानीय तहको निर्वाचन पश्चात तीब्र गतिमा निजी आवास निर्माणको काम अघि बढ्ने अपेक्षा गरेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सोंचेजस्तो प्रगति हुन नसकेको जनाएको छ । सीआईएनसँग कुराकानी गर्दै प्राधिकरणका सह प्रवक्ता भिष्मकुमार भुषालले अपेक्षा अनुसार पुननिर्माणको काम अगाडी बढ्न नसकेको बताउनुभयो ।

हालसम्म दोश्रो किस्ता लिने भूकम्प प्रभावितको संख्या ८९ हजार पुगेको छ भने साढे १४ हजारले तेस्रो किस्ता लिएका छन् ।

तीन लाखका दरले अनुदान पाउने ७ लाख ६५ हजार, प्रबलीकरण अर्थात् मर्मत संभार गर्ने सूचीमा परेका २५ हजार गरी ७ लाख ९० हजार भूकम्प प्रभावित प्राधिकरणको सूचीमा छन् । जसमा ६ लाख ४० हजारले अनुदान सम्झौता गरेका छन् । अनुदान सम्झौता गरेका मध्येपनि ३० हजारले पहिलो किस्ता नै लिएका छैनन् ।

१७ जिल्लामा अझै इन्जिनियर पठाउन नसकिएको, १४ जिल्लामा पनि ठूलो संख्यामा इन्जिनियरहरुले काम छोडेका कारणले पनि पुनर्निर्माणको काममा ढिलाई भएको प्राधिकरणको भनाइ छ ।

तिहार अघि नै पुग्नुपर्ने ठाउँमा इन्जिनियरहरुलाई पठाइसकिने र आवास निर्माणको कामले गति लिने भुषालको भनाइ छ । 

अडियो सुन्नुहोस्

तपाईंको बिचार