अन्तराष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना

८ जनाको उद्धार

प्रकाशित मिति: 2018-03-12

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना भएको छ । अवतरणका क्रममा विमान दुर्घटना भएको हो ।  विमानस्थलमा अवतरणको क्रममा एयर बङ्लाको विमान रनवेबाट बाहिर गएर दुर्घटना भएको हो । 

बिमानमा आगो लागेका कारण कति मानविय क्षति भयो भन्ने एकिन तथ्याङक आईसकेको छैन । बिमानमा रहेका १४ जनाको उद्दार गरिएको छ ।  आगो नियन्त्रणमा लिने तथा घाईतेका उद्धार गर्ने क्रम जारी रहेको छ । 

ढाकाबाट आएको ड्यास–८ विमान दिउँसो २ बजेर २० मिनेट जाँदा अवतरणको क्रममा रनवे बाहिर पुगेर दुर्घटना भएको हो । दुर्घटनाको कारणबारे अनुसन्धान भैरहेको छ ।  

विमान दुर्घटनापछि उडान रोकिएको छ ।

तपाईंको बिचार