यूएस बंगलाको विमान दुर्घटना, ४६ जनाको मृत्यु भएको पुष्टि

घाइतेहरुको उपचार सरकारले गर्ने

प्रकाशित मिति: 2018-03-12

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना भएको छ । अवतरणका क्रममा विमान दुर्घटना भएको हो । विमान दुर्घटनामा ४६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।  विमानस्थलमा अवतरणको क्रममा एयर बङ्लाको विमान रनवेबाट बाहिर गएर दुर्घटना भएको हो । 

बिमानमा आगो लागेका कारण कति मानविय क्षति भयो भन्ने एकिन तथ्याङक आईसकेको छैन । बिमानमा रहेका ३१ जनाको उद्दार गरिएको छ ।   ढाकाबाट काठमाडौं आएको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो ।

३१ जनाको उद्दार गरिएकोमा ८ जनाको मृत्यु छ ।  घाइतेहरुको केएमसी, नर्भिक लगायतका अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाग्रस्त यूएस बंगलाको विमानमा चालक दलका ४ सदस्य सहित ७१ जना यात्रारत थिए ।  

यसैबिच, प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेर विमान दुर्घटनाबारे जानकारी लिनुभएको छ । उहाँसँगै गृहमन्त्री रामबहादुर थापा बादल र रक्षामन्त्री ईश्वर पोखरेल पनि घटनास्थल पुग्नुभएको थियो । प्रधानमन्त्री ओलीले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरुको उपचार सरकारले गर्ने बताउनुभयो ।

घटनाबारे छानविन गर्न सरकारले आयोग गठन गर्ने जानकारी पनि उहाँले दिनुभयो । घटनापछि आफूले बंगलादेशका प्रधानमन्त्रीसँग कुरा गर्ने प्रयास गरेको तर, सम्भव नभएको उहाँले बताउनुभयो । 

यसैबिच, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल प्रशासनले दुर्घटनाग्रस्त यूएस बंगलाको विमान कन्ट्रोल रुमको आदेश विपरित ल्याण्ड भएको बताएको छ ।  प्रारम्भीक उद्दार सकिए लगतै पत्रकार सम्मेलन गरेर विमानस्थल प्रमुख राजेन्द्र क्षेत्रीले कन्ट्रोल रुपबाट दक्षिणबाट अवतरण गर्न अनुमति दिएको तर, पाइलटले उत्तरतिरबाट अवतरण गरेको बताउनुभयो । 

 

तपाईंको बिचार