विद्यादेवी भण्डारी राष्ट्रपतिमा पुनः निर्वाचित

भण्डरीलाई ३९ हजार २ सय ७५ र राईलाई ११ हजार ७ सय ३० मत

प्रकाशित मिति: 2018-03-13

विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि पुनः राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । उहाँले कांग्रेस उम्मेदवार कुमारी लक्ष्मी राईलाई पराजित गर्नुभएको हो ।

राष्ट्रपति चयनका लागि आज भएको निर्वाचनमा भण्डारीले ३९ हजार २ सय ७५ मत प्राप्त गर्नुभयो भने राईले ११ हजार ७ सय ३० मतभार पाउनुभएको छ । 

मतदानमा राष्ट्रपति चयनका लागि संघीय संसदका ३ सय २६ र प्रदेशसभाका ५सय ३६ गरी ८ सय ६२ जनाले मतदान गरेका छन् । नयाँ शक्ति पार्टी नेपाल, विवेकशील साझा पार्टी नेपाल र नेपाल मजदुर किसान पार्टीले निर्वाचन बहिस्का गरेका छन् ।

निर्वाचनमा संघीय संसदका पाँचजना सांसद अनुपस्थित भएका छन् । निर्वाचन आयोगकाअनुसार संघीय संसदका कुल ३ सय ३१ सांसदमध्ये डा. बाबुराम भट्टराई, जितेन्द्रनारायण देव, प्रेम सुवाल, रमेश यादव र रेशमलाल चौधरी अनुपस्थित भएका हुन् ।

यस्तै, प्रदेशसभातर्फका कुल ५ सय ४९ प्रदेशसभा सदस्यमध्ये ५ सय ३६ जनाले मतदान गरेका हुन् । 

 

तपाईंको बिचार