गाई किन्दा प्रहरीलाई ७२ लाख घुस (अडियोसहित)

गृहमन्त्रीदेखि प्रहरी प्रमुखले जनाए कारबाहीको प्रतिबद्धता

प्रकाशित मिति: 2018-05-31
राजन रुचाल
तस्विरः गुगल
तस्विरः गुगल

काठमाडौँ । धनकुटाको छथर जोरपाटी गाउँपालिकाका मदन थापाले व्यावसायिक रुपमै गाई पाल्न थालेको ३ वर्ष भयो । ‘अहिले दुईटा दुने, एउटा ब्याउने गाई छ अनि एउटा कोरली छ, तीस लिटरको हाराहारीमा दैनिक दूध बेच्ने गरेको छु ।’ थापाले भन्नुभयो । 

छथर जोरपाटी गाउँपालिका र महालक्ष्मी नगरपालिका हरेक घरमा किसानले कम्तिमा २ वटा गाई पालेका छन् । आम्दानी र समृद्धिको मुख्य स्रोत नै उनीहरुले गाई पालनलाई बनाएका छन् । धनकुटा, दूध उत्पादनमा पूर्वाञ्चलका जिल्लाहरुमध्ये अग्रस्थानमा आउँछ । धनकुटामा पालिने उन्नत जातको गाई इलाम ल्याइन्छ । 

व्यावसायिक रुपमा गाईपालन गर्दै आउनु भएका धनकुटाका घमण्डबहादुर थापाका अनुसार बाटामा  अनाश्वयक रुपमा एउटा गाईको दुई हजार, पच्चीस सयदेखि तीन हजार रुपैँया किसानले तिर्नुपरेको छ । ‘हरेट ट्रिपमा नतिरेर आउनै पाइँदैन, मैले दुईतीनसय गाडी गाई ल्याइसकेहुँला, अरु साथीहरुले पनि ल्याउनुभयो ।’ थापाले भन्नुभयो, ’दुई,अढाइ लाख रुपैँया तिरेर ल्याएको गाईलाइ कसरी हिडाएर ल्याउने, विवाद गरेर बस्नुभन्दा पैसा तिरेर नै हामी हिड्नुपर्ने बाध्यता हुन्छ ।’  

 

 

 

 

एउटा गाईको मूल्य एकलाख भन्दा धेरै पर्छ तर इलामबाट धनकुटासम्म गाई ल्याउँदा बाटोमा पर्ने हरेक प्रहरी चौकीमा एक गाईको हिसाब गरेर पैसा बुझाउनुपर्छ । ‘म राजु अधिकारी हो, मेरो घर महालक्ष्मी नगरपालिका वडा नम्बर ९ मा पर्छ । जहाँचाहिँ हामी गाई खरिद गरेर ल्याउँदा, ठाउँठाउँको पुलिसले पैसा दे, किन गाडीमा गाई चढाएको भन्छ, गाईलाई गाडीमा चढाउन मिल्दैन भन्छ ।’ 

एउटा गाई बराबर एउटा प्रहरी पोष्टमा १ हजारदेखि बढीमा २ हजार रुपैँयासम्म बुझाउनुपर्ने किसानहरु बताउँछन् । गाई हिडाएर लैजादा पैसा तिर्नु पर्दैन । तर गाडीमा राखेर लिने वित्तिकै प्रहरीलाई पैसा नबुझाएर अगाडि बढ्न पाइदैन । 

व्यावसायिक रुपमा गाईपालन गर्दै आउनु भएका धनकुटाका घमण्डबहादुर थापाका अनुसार बाटामा  अनाश्वयक रुपमा एउटा गाईको दुई हजार, पच्चीस सयदेखि तीन हजार रुपैँया किसानले तिर्नुपरेको छ । ‘हरेट ट्रिपमा नतिरेर आउनै पाइँदैन, मैले दुईतीनसय गाडी गाई ल्याइसकेहुँला, अरु साथीहरुले पनि ल्याउनुभयो ।’ थापाले भन्नुभयो, ’दुई लाख, अढाइ लाख रुपैँया तिरेर ल्याएको गाईलाइ कसरी हिडाएर ल्याउने, विवाद गरेर बस्नुभन्दा पैसा तिरेर नै हामी हिड्नुपर्ने बाध्यता हुन्छ ।’  

खोजीकै क्रममा नेपालबाट झापा भद्रपुर र काकटभिट्टा नाका हुँदै भारतमा गाई तस्किरी हुने तर कागजमा गोरु लेखेर प्रहरीलाई घुस खुवाएर पार गराउने अर्को तथ्य पनि बाहिर आएको छ । गाईको तस्करी राति हुने गरेको छ । नेपालमा ७२ लाख ४१ हजार र प्रदेश नम्बर एकमा मात्रै मात्रै २५ लाख ८१ हजार ३ सय ६४ गाई पालिने गरेको सरकारी तथ्याङ्कले देखाएको छ ।

 

 

 

 

पैसा लिएपछि प्रहरीले सामान्य चिट दिन्छन् । कानेखुसीमै हिसाबकिताब गरेर कतिपय प्रहरीलाई किसानले मोवाईलमा रिचार्ज हालिदिनुपर्छ । ‘कुनैकुनैले रसिद पनि काटेर पैसा लिने गरेका छन्, कुनैलाई केही नहुँदा रिचार्ज कार्ड पनि दिने गरिएको छ, प्रत्यक्ष भोगेको कुरा तपाईलाई भनेको हो ।’ थापाले अनुभव सुनाउनुभयो ।

इलामबाट सुनसरीसम्म गाई पुर्याउँदा कम्तिमा पनि एक दर्जन भन्दा बढी प्रहरी पोष्ट पार गर्नुपर्छ । त्योमध्ये आधा दर्जनमा पैसा तिर्नैपर्छ । एउटा गाईको एक हजारका दरले ६ ठाउँमा पार गर्दा मात्रै ६ हजार तिर्नुपर्छ । १० वटा गाई पालनका लागि ल्याइयो भने ६० हजार प्रहरीलाई घुस मात्रै बुझाउनुपर्छ ।

इलाममा मात्रै महिनामा एक सय वटा गाई बाहिरिने गरेको तथ्याङ्कलाई हिसाब गर्दा एक वर्षमा १२ सय गाई निर्यात हुन्छन् । यसो हुँदा गाईको निर्यात गर्नेक्रममा ७२ लाखभन्दा धेरै रकम प्रहरीले घुस खाने गरेका छन् । किसानलाई थाहा छ, प्रहरीले घुस खाएको हो तर पनि गाईमा लाखौं लगानी परेकोले नतिरी सुख्खै छैन ।

हामीले प्रहरी चौकीमा किसान बनेर फोन गर्यौँ । फोनमा त्यति धेरै खुलेनन् र भेटेरै कुराकानी मिलाउने प्रतिबद्धता जनाए । एक जना प्रहरीले भने ‘ ठिकै छ, आउनुस् न भइहाल्छ नि, कुरा गरौँला, चिन्ता नलिनुहोला ।’ त्यसपछि जिल्ला प्रहरी कार्यालय इलाममा फोन गरयौँ । सम्पर्क भयो, प्रहरी नायब उपरिक्षक रमेश बस्नेतसँग । उहाँले भन्नुभयो, ‘त्यस्तो गल्ती गरेको छ भने कारबाही हुन्छ सर, आवाज र नामसहित हामीलाई जानकारी दिनुस् । हामी सुध्रिनुपर्छ । हामी सुध्रिन्छौँ सर । ’

त्यसअघि नै प्रदेश नम्बर १ का गृह तथा आन्तरिक मामिलामन्त्री हिक्मत कार्कीलाई हामीले यो विषय जानकारी गराएका थियौँ । उहाँले उच्च पदस्थ प्रहरी अधिकारीसँग छलफल गरेपछि सीआईएनमा आफै फोन गर्नुभयो । कमिसन बुझाउने किसानहरुको आवाज सुनाएपछि उहाँको प्रतिक्रिया थियो, ‘यी कानुनभन्दा बाहिर गएर पैसा उठाउनेलाई कारबाही तुरुन्तै गर्छौँ, प्रक्रिया भरेभोलिबाटै सुरु गर्छौँ, यसलाई धेरै कुर्नै पर्दैन, सम्बन्धित व्यक्तिलाई नियन्त्रणमा लिनुपर्याे, उनीहरुलाई अनुसन्धान गरेर कारबाही गर्छौँ ।’ 

खोजीकै क्रममा नेपालबाट झापा भद्रपुर र काकटभिट्टा नाका हुँदै भारतमा गाई तस्किरी हुने तर कागजमा गोरु लेखेर प्रहरीलाई घुस खुवाएर पार गराउने अर्को तथ्य पनि बाहिर आएको छ । गाईको तस्करी राति हुने गरेको छ । नेपालमा ७२ लाख ४१ हजार र प्रदेश नम्बर एकमा मात्रै मात्रै २५ लाख ८१ हजार ३ सय ६४ गाई पालिने गरेको सरकारी तथ्याङ्कले देखाएको छ ।

अडियो सुन्नुहोस्

तपाईंको बिचार