गाउँदेखि सहरसम्म भ्रष्टाचारको बाटो खन्दै डोजर

उपभोक्ता समितिको आडमा दैनिक ३२ करोड घोटाला (अडियोसहित)

प्रकाशित मिति: 2018-07-10
शोबिता रिसाल
डडेलधुराको उग्रतारा मन्दिर परिसरमा खन्दै गरेको डोजर । तस्विरः लिलप्रकाश चन्द
डडेलधुराको उग्रतारा मन्दिर परिसरमा खन्दै गरेको डोजर । तस्विरः लिलप्रकाश चन्द

काठमाडौँ । सिन्धुपाल्चोक मेलम्ची नगरपालिका इन्द्रवतिमा टोलटोलमा बाटो पुर्याउनेगरी डोजर चलिरहेका छन् । स्थानीय उपभोक्ता, जनप्रतिनीधि विकासको गफ गर्दै डोजरको अघिपछि देखिन्छन् ।  गुल्मीको धुर्कोट, हुम्लाको खार्पुनाथ, अछामको मेल्लेख, बझाङको थलारा, खोटाङको हलेसी तुवाचुङलगायतका नगरपालिकाका तथा गाँउपालिकाभरि बाटो बनाउन र भौतिक संरचना निर्माणमा डोजर चलिरहेका छन् ।  

 

डोजरले गर्ने काम र त्यो भित्रको आर्थिक कारोबारको कथा भने बेग्लै छ । ती डोजरले लिने भाडा दर एउटै छैन । डोजर व्यावसायीहरूको संस्था हेभी ईक्विप्मेन्ट एसोसिएसनका अध्यक्ष ताराबहादुर कुवरका अनुसार कुन डोजरले कति मूल्य लिने भन्ने मापदण्ड नै छैन, सहमतिका आधारमा डोजरलाई दिने रकम निर्धारण गरिन्छ । 

 

 

 

 

 

 

 

असारको झरी, अहिले देशभरि बाटो बनाउन २० हजार डोजर खनखोर्सनमा जुटेका छन् । ती मध्ये १५ हजारभन्दा बढी डोजर पहाडी जिल्लामा छन् । ८ हजार डोजर सरकारी छन् र भाडामा चलिरहेका डोजरको सङ्ख्या १२ हजार छ । एक डोजरले दिनमा सरदर १ घण्टामा ६ हजार रुपैयाँका दरले ८ घण्टा मात्रै काम गर्दा पनि सबै डोजरमा गरी दैनिक १ खर्ब १२ करोड रुपैयाँ खर्च भइरहेको छ । 

 

विकासनिर्माणमा सबभन्दा धेरै क्रेन, एक्जाभेटर, बुलडोजरको प्रयोग भइरहेको छ र ती मध्ये ब्याकुलोडर धेरै चलिरहेको छ । डोजरले गर्ने काम र त्यो भित्रको आर्थिक कारोबारको कथा भने बेग्लै छ । ती डोजरले लिने भाडा दर एउटै छैन । डोजर व्यावसायीहरूको संस्था हेभी क्युप्मेन्ट एसोसिएसनका अध्यक्ष ताराबहादुर कुवरका अनुसार कुन डोजरले कति मूल्य लिने भन्ने मापदण्ड नै छैन, सहमतिका आधारमा डोजरलाई दिने रकम निर्धारण गरिन्छ । 

तोकिएको दर भन्दा कुनै, न कुनै तरिकाले डोजरको मूल्य फरकफरक छ । डोजरले बाटो खन्दा लिने रकम जिल्ला अनुसार मात्रै होइन एउटै जिल्लामा पनि फरकफरक छ । सिन्धुपाल्चोकमा डिजेलसहित प्रतिघण्टा ६ हजारमा काम लगाइन्छ त्यही डोजर गुल्मी पुग्दा २५ सय तिरे पुग्छ । मेलम्चिमा डोजर चलाउँदै गर्दा भेटिनुभएका हेमबहादुर कार्कीका अनुसार उहाँको डोजर डिजेलसहित ५/६ हजार रुपैयाँमा प्रतिघण्टा चल्छ । 

 

 

 

 

 

 

 

ब्राण्ड र डोजरको तौल क्षमता अनुसार मूल्य फरक पर्छ ।  सडक विभाग यान्त्रिक शाखाका प्रमुख हरिराम आचार्यका अनुसार सरकारले सडक विभाग मार्फत सरकारी डोजरलाई काम लगाएपछि दिनमा ७ हजार तिनुपर्ने तोकेको छ । जिल्लामा चल्ने निजी डोजरको मूल्य भने जिल्ला समन्वय समितिले तोक्छ । तर जिल्ला सम्मन्वय समितिले तोकेको मूल्य अनुसार कुनै पनि जिल्लामा डोजर चलेका छैनन् । 

 

तोकिएको दर भन्दा कुनै, न कुनै तरिकाले डोजरको मूल्य फरकफरक छ । डोजरले बाटो खन्दा लिने रकम जिल्ला अनुसार मात्रै होइन एउटै जिल्लामा पनि फरकफरक छ । सिन्धुपाल्चोकमा डिजेलसहित प्रतिघण्टा ६ हजारमा काम लगाइन्छ त्यही डोजर गुल्मी पुग्दा २५ सय तिरे पुग्छ । 

 

मेलम्चिमा डोजर चलाउँदै गर्दा भेटिनुभएका हेमबहादुर कार्कीका अनुसार उहाँको डोजर डिजेलसहित ५÷६ हजार रुपैयाँमा प्रतिघण्टा चल्छ । गुल्मि धुर्कोटका डोजर व्यवसायी पदम बिष्टका अनुसार प्रत्येक पटकको सम्झौतामा डोजरले प्रतिघण्टा लिने रकम फरकफरक पर्छ । त्यसो हुनुमा मुख्य चलखेल उपभोक्ता समितिको छ । 

 

जाजरकोटमा टु टेन देखि टु ट्वान्टी सम्मको डोजरको काम गरेबापत लिने रकमको दर डिजेलसहित ४ हजार छ भने थ्री थर्टीसम्मको डोजरको मूल्य पनि प्रतिघण्टा ६ हजारसम्म छ । तर जति विकट हुँदै गयो यो दरमा फरक पर्दै जान्छ । 

जिल्लाले दर निर्धारण गरिदिए पनि कतिपय अवस्थामा त्यो सान्दर्भिक नहुने भएकाले आपसी सहमतिमा डोजरको दर निर्धारण गर्नुपर्ने उहाँको भनाइ छ । एउटै जिल्लामा विकट स्थानमा बाटो खन्नुपर्छ, डिजेलदेखि मिस्त्रीसम्मको भाडा महङ्गो पर्न जाने भएकाले दरमा एउटै जिल्लामा पनि फरकफरक पर्न आउन सक्ने उहाँले बताउनुभयो । 

 

 

 

 

 

 

त्यही डोजर खोटाङमा चलाउने हो भने कम्तिमा त्यसको प्रतिघण्टा काम गरेको भाडादर ७ हजार पुग्छ  । हुम्लामा ९ देखि १२ हजारमा काममा लगाइएको छ । हुम्लामा डोजर चलाउँदै आउनुभएका हिमाल कार्कीका अनुसार विकट भएकाले यति दरमा काम गर्दा पनि डोजरलाई फाइदा बस्दैन । 

 

डोजर एउटै तर ठाउँ अनुसार मूल्य फरक किन ? डोजर मालिकहरुको सस्था हेवी इक्युप्मेन्ट महासंघका अध्यक्ष ताराबहादुर कुँवर राज्यले तोकेर दिएको दरमा आफूहरू काम गर्न तयारै रहेको तर सबै स्थानमा एउटै दर सान्दर्भिक नहुने बताउनुहुन्छ । जिल्लाले दर निर्धारण गरिदिए पनि कतिपय अवस्थामा त्यो सान्दर्भिक नहुने भएकाले आपसी सहमतिमा डोजरको दर निर्धारण गर्नुपर्ने उहाँको भनाइ छ । एउटै जिल्लामा विकट स्थानमा बाटो खन्नुपर्छ, डिजेलदेखि मिस्त्रीसम्मको भाडा महङ्गो पर्न जाने भएकाले दरमा एउटै जिल्लामा पनि फरकफरक पर्न आउन सक्ने उहाँले बताउनुभयो । 

डोजर चालकहरूले जिल्लाले तोकेको दरको आसपासमा नै रहेर प्रतिघण्टा डोजरको मूल्य लिन चाहे पनि बीचमा उपभोक्ता समितिले चलखेल गर्ने गरेको डोजर मालिकहरुको नै गुनासो छ । अछामका डोजर मालिक दीलबहादुर रावलका अनुसार उपभोक्ता समितिसँग मिलेर समितिले भने अनुसारको काम नगरे कामै नपाउने अवस्था छ । 

 

 

 

 

 

 

ठाउँ अनुसारको डोजरको मूल्य फरक हुनाको कारण खोतल्दै जाँदा स्थानीय सरकार र उपभोक्ता समितिकै मिलेमतोमा अर्बौँ भ्रष्टाचार भइरहेको अर्को तथ्य पत्ता लगेको छ । कागजमा डोजेरले बाटो खनेको मूल्य एउटा भेटिन्छ, डोजर मालिकलाई नगदमा कम दिइन्छ । बीचको पैसा उपभोक्ता समितिलाई बुझाउनुपर्छ । उपभोक्ता समितिलाई कम्तिमा घण्टाको १ हजारदेखि ३ हजारसम्म कमिसन दिनुपर्छ । कमिस नै चक्करले गुल्मि धुर्कोटमा कम दरमा उपभोक्ता समितिले डोजर नै चल्न दिएन । 

 

डोजर मालिक पदम बिस्ट भन्नुहुन्छ, ‘मैले कम रकममा डोजर चलाउँछु भन्दा धेरैपटक उपभोक्ता समितिले मेरो डोजर चलाउन दिएनन् । अघिल्लो वर्षमात्रै पनि पिलधारामा मैले २१ सयमा डोजर चलाएँ ।’ उहाँले थप्नुभयो, ‘सस्तोमा काम गरेको भन्दै त्यहाँको जनताले विरोध गरे, मैले किन महङ्गो लगाउनुभयो भन्दा नजिकैको मान्छे मिलाउनुपर्छ भने । पछि कमिसनको चलखेल भएको रैछ । वडा अध्यक्षलगायतको सक्रियातामा २५ सय प्रति घण्टामा डोजर चलाउन बाध्य पारियो । आजसम्म मेरो पैसा आएको छैन ।’

देशभरि २० हजार डोजर चलिरहेका छन् । एक घण्टाको उपभोक्ता समितिलाई सरदर २ हजार मात्रै बुझाउदा पनि हरेक घण्टा २४ करोड  भ्रष्टाचार हुन्छ । डोजर दिनमा ८ घण्टा मात्रै चल्यो भने पनि हरेक दिन ३२ करोड विकासका नाममा भ्रष्टाचार भइरहेको छ । डोजर चालकहरूको कुरा मान्ने हो भने यो रकम अझ तेब्बर हुन सक्छ ।  

 

 

 

 

 

 

 

डोजर चालकहरूले जिल्लाले तोकेको दरको आसपासमा नै रहेर प्रतिघण्टा डोजरको मूल्य लिन चाहे पनि बीचमा उपभोक्ता समितिले चलखेल गर्ने गरेको डोजर मालिकहरुको नै गुनासो छ । अछामका डोजर मालिक दीलबहादुर रावलका अनुसार उपभोक्ता समितिसँग मिलेर समितिले भने अनुसारको काम नगरे कामै नपाउने अवस्था छ । 

 

डोजर व्यावसायीले सम्झौता गरेको रकम र पाउने रकम फरकफरक हुन्छ । ‘यदि उपभोक्ता समितिलाई बीचमा प्रतिघण्टा १ देखि ३ हजारसम्म रकम नदिए आफ्नो डोजरले कामै नपाउने अवस्था आउँछ ।’ कुवरले भन्नुभयो, ‘आम डोजर सञ्चालकहरूको अवस्था अहिले उस्तै छ ।’ 

 

देशभरि २० हजार डोजर चलिरहेका छन् । एक घण्टाको उपभोक्ता समितिलाई सरदर २ हजार मात्रै बुझाउदा पनि हरेक घण्टा २४ करोड  भ्रष्टाचार हुन्छ । डोजर दिनमा ८ घण्टा मात्रै चल्यो भने पनि हरेक दिन ३२ करोड विकासका नाममा भ्रष्टाचार भइरहेको छ । डोजर चालकहरूको कुरा मान्ने हो भने यो रकम अझ तेब्बर हुन सक्छ । 

स्थानीय तहका जनप्रतिनिधिलाई पनि डोजरको नाममा भ्रष्टाचार भइरहेको थाहा छ, तर जनप्रतिनिधि यसमा आफूलाई बचाउ गरेर उपभोक्ता समितिमा आफ्ना मान्छे भर्ना गर्न तल्लिन देखिन्छन् । विकास पुर्याउन पाहाडका डाँडाहरूमा जथाभावी डोजेर चलाउँदा विनाससमेत निम्ताइरहेको छ । उपभोक्ता समितिको नाममा एक महिनाभरि नै डोजेर चल्ने हो भने ९ अर्ब ६० करोड रुपैयाँ भ्रष्टाचार मात्रै हुने गरेको सीआईएनको खोजबाट भेटिएको छ ।  

 

 

 

 

जाजरकोटका डोजर व्यवसायी कमानबहादुर खड्काका अनुसार जाजरकोटमा कतै पनि जिल्लाको दर अनुसार डोजर चलेको छैन । डोजर हेरी ४ देखि ६ हजारसम्म प्रतिघण्टाको मूल्य तोकिएको भए पनि ९ हजारसम्म डोजरको भाडा लिइएको छ । खोटाङका निर्माण व्यवसायी गोपाल आचार्यले पनि खोटाङमा डोजरको नाममा अनियमितता भएको स्वीकार गर्नुभयो ।

 

स्थानीय तहका जनप्रतिनिधिलाई पनि डोजरको नाममा भ्रष्टाचार भइरहेको थाहा छ, तर जनप्रतिनिधि यसमा आफूलाई बचाउ गरेर उपभोक्ता समितिमा आफ्ना मान्छे भर्ना गर्न तल्लिन देखिन्छन् । विकास पुर्याउन पाहाडका डाँडाहरूमा जथाभावी डोजेर चलाउँदा विनाससमेत निम्ताइरहेको छ । उपभोक्ता समितिको नाममा एक महिनाभरि नै डोजेर चल्ने हो भने ९ अर्ब ६० करोड रुपैयाँ भ्रष्टाचार मात्रै हुने गरेको सीआईएनको खोजबाट भेटिएको छ ।  

 

नोट : तपाईसँगै समाजलाई नकारात्मक प्रभाव पार्ने वा राम्रो उर्जा दिने कुनै विषय छन् भने सीआईनलाई खबर गर्नुहोस हामी त्यसको खोजी गर्नेछौ ।  सम्पादक

अडियो सुन्नुहोस्

तपाईंको बिचार