सिन्धुपाल्चोकको सल्लेमा जीप दुर्घटना, पाँच जनाको मृत्यु

प्रकाशित मिति: 2018-07-13
देवराज सुवेदी, रेडियो मेलम्ची, सिन्धुपाल्चोक

सिन्धुपाल्चोकको सल्लेमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । 

 

पाचँपोखरी थाङपाल गाउँपालिकाको धापबाट भोताङ जाँदै गरेको लु १ च ९९९ नम्बरको जीप थाङपालकोट र थाङपालधापको सिमाना फ्याफुल्ला डाँडामा स्टार्ट बन्द भएपछि करिब ४०० मिटर तल खसेर दुर्घटना भएको हो ।

 

प्रहरी र स्थानीय बासिन्दाले घाइतेहरुको उद्धार गरेका थिए । 

 

इलाका प्रहरी कार्यालय मेलम्चीका अनुसार भोताङका ७५ बर्षिय भिमबहादुर तामाङ, भोताङकै ५५ बर्षिया जयरामी तामाङ र ५३ बर्षिया नानी तामाङको घटना स्थलमै मृत्यु भएको हो ।

 

५६ बर्षिय बोधोम तामाङ र २५ बर्षिया सुनमाया तामाङको उपचारको लागि लैजाने क्रममा बाटोमा मृत्यु भएको हो । 

 

पानी परेका कारण बाटो बिग्रीएको र रातिको समय भएकाले उद्धारमा समस्या भएको स्थानीय प्रकाश बस्नेतले बताउनुभयो ।

 

घाइतेहरुलाई राति साढे २ बजे थप उपचारका लागि टिचिङ अस्पताल लगिएको ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक पर्शुराम मल्लले जानकारी दिनुभयो । 

तपाईंको बिचार