जाजरकोटमा पहिरो : एकै परिवारका चारसहित ५ को मृत्यु

प्रकाशित मिति: 2018-08-05

जाजरकोट ।  जाजरकोटमा पहिरोले दुई घर पुरिदा ५ जनाको मृत्यु भएको छ । शनिवार देखी परेको अविरल बर्षा कारण जाजरकोटको भेरी नगरगरपालिका ३ ठाँटी बजारमा पहिरो जाँदा २ घर पुरिएका छन् ।  पहिरोमा परिमा परि एकै परिवारका चार सहित ५ जनाको मृत्यु भएको जाजरकोट प्रहरीले जनाएको छ ।

पहिरोमा परि लालबहादुर ल्वारका श्रीमती २७ सितली लुहार,  उहाँकी  छोरी १० वर्षीया  रञ्जजना लुहार, ६ वर्षीया मणीषा लुहार, ३ वर्षीया भगवित लुहार,  र  तिर्थ बोहोराकी ८ वर्षीया  नोजमा बोहराको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । लालबहादुर ल्वारको जिवित उद्दार गरिएको छ ।

तपाईंको बिचार