उच्च अदलात तुलसीपुरमा डेढ महिनामा ४५ मुद्दा फछर्योट

प्रकाशित मिति: 2018-09-13
ओपेन्द्र बस्नेत, रेडियो प्रकृति एफएम, दाङ

दाङ । चालु आर्थिक वर्षको डेढ महिनामा उच्च अदातल तुलसीपुर दाङमा विभिन्न शीर्षकका ४५ वटा मुद्दा फछर्योट भएका छन् । 

 

चालु आर्थिक वर्षको साउन महिनादेखि भदौ १८ सम्मको उच्च अदालतमा गरिएको कार्य सम्पादनमा यी मुद्दा फैसला भएका हुन् । अघिल्लो वर्षबाट जिम्मेवारी सरेको एक सय ८४ सहित अदालतलमा ३ सय २२ वटा विभिन्न शीर्षकमा मुद्दा पुनरावेदन गरिएको रजिष्टार श्रीलाल पौडेलले जानकारी दिनुभयो ।

 

ज्यान सम्बन्धी महल अन्तर्गत अदालतमा पुनरावेदन गरिएका ४८ वटा मुद्दामा ६ वटा, जालसाजीमा परेका ४४ वटा मुद्दामा ७, करणी महल अन्तर्गत ३९ वटा मुद्दामा ४, जग्गा सम्बन्धी महलमा  परेका ४४ वटा मुद्दामा ९ वटा फछर्योट भएका छन् ।

 

पारिवारिक महलमा ३९ वटा मुद्दा मध्ये ४ वटा, चोरी महल अन्तर्गत ८ वटा मुद्दा मध्ये एउटा,  अपहरण तथा शरीर बन्धकमा एक,  वन सम्बन्धी ७ , विविध शीर्षकमा परेका ८६ वटा मुद्दामा  ११ र रिटको महलमा  परेका ३८ वटा पुनरावेदन मध्ये ११ वटा फैसला भएका छन छन् । 

 

अदालत मातहत रहेका दाङसहित रोल्पा, रुकुम, सल्यान र प्युठानमा रहेका जिल्ला अदालतहरूमा फैसला भएका मुद्दामा चित्त नबुझेपछि आफूलाई अन्याय परेको भन्दै फैसलाका विरुद्ध पीडित वा पीडकले  मथिल्लो निकायमा पुनरावेदन गर्न पाउने कानुनी व्यवस्था छ । 

तपाईंको बिचार