बलात्कारको प्रयास गर्ने वृद्धको बालिकाद्धारा हत्या

प्रकाशित मिति: 2018-09-13
राजन महतारा, हजुरको रेडियो, रामेछाप

रामेछाप ।  रामेछापको रामेछाप नगरपालिका वडा नम्बर ७ रजयछापमा १३ वर्षका एक बालिकाले ६५ वर्षका वृद्धको हत्या गरेका छन् ।

 

नाताले हजुरबुबा पर्ने वृद्धले आफुमाथि बलत्कारको प्रयास गर्न खोजेपछि ६५ वर्षका पूर्णबहादुर श्रेष्ठलाई फलामको रड प्रहार गरी बालिकाले हत्या गरेका हुन् ।

 

आज बिहान जंगलमा घाँस काट्न जाने क्रममा श्रेष्ठले जबरजस्ती गर्न खोजपछि प्रतिकार स्वरुप श्रेष्ठको टाउकोमा रड प्रहार गरेको बालिकाले स्वीकार गरेकी छन् ।  रड प्रहार गरेपछि बालिका जिल्ला प्रहरी कार्यलय रामेछाप डाँडामै आएर रड प्रहार गरेको प्रहरीलाई बताएका छन् । 

 

घटनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय रामेछापका प्रहरी निरीक्षक सेख अदालतले जानकारी दिनुभयो ।

 

तपाईंको बिचार