सुर्खेतमा १७ शैयाकाे फिस्टुला उपचार केन्द्र सञ्चालन

कलिलै उमेरमा बच्चा पाउँदा फिस्टुलाकाे जाेखिम, १५ बच्चा पाउँदा पनि काख रित्ताे (अडियाेसहित)

प्रकाशित मिति: 2018-09-25
लिलप्रकाश चन्द

काठमाडाैँ । देउरूपा खत्रीको १४ वर्षमा विहे भयो, त्यसको दुई वर्षपछि पहिलो बच्चा पाउँदा ५ घण्टा सुत्केरी व्यथा लागेपछि उहाँलाई लगातार पिसाब चुहिने समस्या हुन थाल्यो । समस्याकै बीच  १५ वटा वच्चा पाउनुभयो तर न ती बचाउन सकियो न देउरूपाको पिसाब चुहिन रोकियो । 

 

पिासाब चुहिँदा घरपरिवारका सदस्यबाट गरिएकाे व्यवहार सम्झनलायक नभएको देउरूपाले  बताउनुभयो । ‘कसैले पनि मलाई नजिक बस्न दिएनन्, सबैले छि छि, दुर दुर गरे ।’ ती दिन सम्झँदै उहाँले भन्नुभयो,‘ १८ वर्षमा विहे गरेँ, ट्याक्क २० वर्षमा लाग्दा पहिलो बच्चा जन्मियो तर बाँच्न सकेन । पहिलो बच्चा पाउँदाखेरि नै मलाई पिसाब चुहिने समस्या सुरु भयो । त्यसैगरी नै १५ वटा बच्चा पाएँ, तर सबै बाँचेनन्, मेरो शरीर पनि बिग्रियो,काख पनि रित्तो भयो ।’

स्वास्थ्य मन्त्रालय र यूएनएफपीएको प्रतिवेदन अनुसार नेपालमा हरेक वर्ष २ सयदेखि ४ सय जना महिलामा फिस्टुलाको समस्या देखिने गरेको छ । केन्द्र सञ्चालनमा आएसँगै पश्चिम नेपालका महिलाले फिस्टुलाको सजिलै उपचार गराउन सक्ने क्षेत्रीय अस्पतालका प्रमुख, मेडिकल सुपरिटेन्डेन्ट डा डम्बर खड्काले बताउनुभयो ।

 

 

 

 

 

 

सुर्खेत एकतारेकी देउरूपामा मात्र होइन, नेपालका पहाडी जिल्लामा बसोबास गर्ने धेरै महिलामा फिस्टुलाको समस्या देखिने गरेको पाइएको छ । पिसाव चुहिने अर्थात फिस्टुला समस्या भएका तिनै महिलालाई लक्षित गरी मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेत परिसरमा १७ शैयाको फिस्टुला उपचार केन्द्र सञ्चालन गरिएको छ । 

 

‘बच्चा पाउने बेलामा घरपरिवार, स्वास्थ्यकर्मीबाट सहायता नपाउँदा महिलामा फिस्टुला समस्या देखिन्छ ।’केन्द्रका फिस्टुला शल्यचिकित्सक तथा स्त्रीरोग विशेषज्ञ डा शेरली हेउडले भन्नुभयो, ‘केन्द्र सञ्चालनमा आएसँगै सुर्खेतमा उपचारका लागि आउनेको सङ्ख्या बढेको छ, रेडियोबाट सूचना सुनेर अनि स्वास्थ्यकर्मीले पठाएर पनि यहाँ आउने गरेका छन् । हामी यहाँ निशुल्क उपचार गर्छौँ, आउनेजाने भाडा पनि दिने गरेका छौँ ।’ 

 

स्वास्थ्य मन्त्रालय र यूएनएफपीएको प्रतिवेदन अनुसार नेपालमा हरेक वर्ष २ सयदेखि ४ सय जना महिलामा फिस्टुलाको समस्या देखिने गरेको छ । केन्द्र सञ्चालनमा आएसँगै पश्चिम नेपालका महिलाले फिस्टुलाको सजिलै उपचार गराउन सक्ने क्षेत्रीय अस्पतालका प्रमुख, मेडिकल सुपरिटेन्डेन्ट डा डम्बर खड्काले बताउनुभयो ।

 

‘पहिले पनि यो अस्पतालमा फिस्टुलाको उपचार हुने गरेको थियो तर त्योबेला शिविरका रूपमा उपचार गरिन्थ्यो भने अव जुनसुकै बेलामा पनि यहाँ उपचार गर्न आउन सकिन्छ ।’ मेडिकल सुपरिटेन्डेन्ट खड्काले भन्नुभयो ।’

आईएनएफ नेपालका अपरेशनस निर्देशक ढाकाराम बुढाले १० वर्षदेखि फिस्टुलाको उपचारमा आफूहरू संलग्न भए पनि १७ शैयाको केन्द्र नै सञ्चालन गरेर सेवा दिन पाउँदा खुसी लागेको उल्लेख गर्नुभयो । ‘शिविर चलाउँदा अनुकुल नभएका महिलाहरू उपचारका लागि आउन पनि समस्या हुने गरेको थियो, अब भने आफूलाई अनुकुल पर्ने समयमा फिस्टुला प्रभावित महिला केन्द्रमा आउन सक्नेछन् ।’

 

 

 

 

 

 

लामो सुत्केरी बेथाका कारणले महिलाको पिसाबथैली र यौनिमार्गमा प्वाल परी पिसाब चुहिने समस्या नै फिस्टुला हो । कर्णाली प्रदेशका नागरिकलाई स्वास्थ्य सुविधा पुर्याउने सरकारको लक्ष्यलाई सघाउने गरी फिस्टुला केन्द्र सुरु भएकोमा सामाजिक विकासमन्त्री दल रावलले खुसी व्यक्त गर्नुभयो ।

 

‘कर्णाली प्रदेशका १० जिल्लामा सजिलै स्वास्थ्यसेवा पुर्याउन हामी लागिपरेका छौँ । गरिब, विपन्न समुदायका दिदीबहिनीले फिस्टुलाको उपचार पाउने भए, यसको लागि सहयोग गर्ने सबैलाई प्रदेश सरकारको तर्फबाट धन्यवाद ।’ मन्त्री रावलले भन्नुभयो । 

 

यसअघि फिस्टुलाको उपचार धरान र काठमाडौँमा मात्र हुने गरेको थियो । सुर्खेतमा पनि सेवा सुरु भएपछि ५ नम्बर, कर्णाली र ७ नम्बर प्रदेशका महिलाले निशुल्क उपचार पाउने अपेक्षा गरिएको छ ।

जर्मन सरकारको पौने ६ करोड आर्थिक सहयोगमा सञ्चालन भएको फिस्टुला उपचार केन्द्र आगामी पाँच वर्षपछि आईएनएफले सरकारलाई हस्तान्त्रण गर्नेछ । केन्द्र सञ्चालनपछि २० जना महिलाको फिस्टुलाको शल्यक्रिया भइसकेको छ ।

 

 

 

आईएनएफ नेपालका अपरेशनस निर्देशक ढाकाराम बुढाले १० वर्षदेखि फिस्टुलाको उपचारमा आफूहरू संलग्न भए पनि १७ शैयाको केन्द्र नै सञ्चालन गरेर सेवा दिन पाउँदा खुसी लागेको उल्लेख गर्नुभयो । ‘शिविर चलाउँदा अनुकुल नभएका महिलाहरू उपचारका लागि आउन पनि समस्या हुने गरेको थियो, अब भने आफूलाई अनुकुल पर्ने समयमा फिस्टुला प्रभावित महिला केन्द्रमा आउन सक्नेछन् ।’

 

अपरेशनस निर्देशक बुढाले भन्नुभयो,‘क्षेत्रीय अस्पतालले जग्गा दिएपछि आईएनएफले भवन, उपकरण, जनशक्तिलगायतका सबै पूर्वाधारको व्यवस्था गरेको हो ।’

 

जर्मन सरकारको पौने ६ करोड आर्थिक सहयोगमा सञ्चालन भएको फिस्टुला उपचार केन्द्र आगामी पाँच वर्षपछि आईएनएफले सरकारलाई हस्तान्त्रण गर्नेछ । केन्द्र सञ्चालनपछि २० जना महिलाको फिस्टुलाको शल्यक्रिया भइसकेको छ ।

 

निशुल्क उपचार पाउने भएपछि फिस्टुला समस्या भएका महिलाहरू खुसी मात्रै छैनन्, वर्षौदेखि लुकाउँदै आएको समस्या सार्वजनिक हुनेक्रम पनि बढेको छ । 

अडियो सुन्नुहोस्

तपाईंको बिचार