दाङको टरिगाउँ विमानस्ठलमा नेवानीको नियमित उडान

प्रकाशित मिति: 2018-10-08
तस्विरः टरिगाउँ विमानस्थलमा नेपाल वायुसेवा निगमको पहिलो उडानबाट अवतरण गर्नुभएका सभामुख कृष्णबहादुर महरा
तस्विरः टरिगाउँ विमानस्थलमा नेपाल वायुसेवा निगमको पहिलो उडानबाट अवतरण गर्नुभएका सभामुख कृष्णबहादुर महरा

काठमाडौँ । दाङको टरिगाँउ विमानस्थलमा नेपाल एयरलाइन्सले उडान सुरु गरेपछि त्यस क्षेत्रका नागरिक खुसी भएका छन् । 

 

तत्कालका लागि सातामा दुइपटक सोमवर र शुक्रवर नेपाल वायु सेवा निगमको जहाजले उडान भर्ने तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले सीआईएनलाई जानकारी दिनुभयो ।

 

उपमहानगरपालिकाको पहलमा नेपाल एयरलाइन्सले उडान सुरु गरेको हो । इन्धन डिपो नहुँदा तत्कालका लागि भैरहवा हुँदै विमान तुलसीपुरमा अवतरण गर्ने निगमका प्रवक्ता अशोक सिग्देलले जानकारी दिनुभयो । दसैँको मुखमा विमान सेवा सञ्चालन हुँदा स्थानीयबासी खुसी भएका छन् । 

 

सातै दिन विमान सेवा सञ्चालनका लागि उपमहानगरपालिकाले पहल थाल्नुपर्ने तुलसीपुरका पर्शुराम चौधरीले बताउनुभयो । २०६८ सालपछि विभिन्न विमान कम्पनीहरूले वेला वेलामा सेवा दिए पनि नेपाल वायुसेवा निगमले भने पहिलो पटक सेवा दिन सुरु गरेको हो । 

 

धावन मार्ग साँघुरो भएका कारणले तत्कालका लागि सानो आकारको जहाज सञ्चालनमा ल्याइने पनि नगरप्रमुख पाण्डेले बताउनुभयो । अस्थायी रूपमा इन्धन डिपो स्थापनाका लागि सरकारले निर्णय गरिसकेको भन्दै दुई साताभित्रै इन्धन डिपो आइपुग्ने उहाँको भनाइ छ ।

 

अस्थायी डिपो स्थापना भएपछि अन्य विमान कम्पनीले पनि उडान सुरु गर्ने र भाडा दर पनि कम हुँने जनाइएको छ । सोमबारको पहिलो उडानमा सभामुख कृष्णवहादुर महरा दाङ् पुग्नु भएको थियो । यसअघि उपमहानगरकै सक्रियतामा समिट एयरले टरिगाउँ विमानस्थलमा उडान सुरु गरे पनि त्यसले निरन्तरता पाउन सकेको थिएन । 

 

तपाईंको बिचार