मधेसका छोरीहरुलाई बुवाआमाबाटै विभेद (अडियोसहित)

नागरिकतामा थर नहुँदा अधिकारकर्मीदेखि सांसदसम्मलाई हैरानी

प्रकाशित मिति: 2018-11-03
शोबिता रिसाल

काठमाडौँ । महोत्तरीका पुजालाई तपाईँको नाम के हो ? भनेर सोध्नुभयो भने उहाँको उतर आउनेछ, ‘मेरो नाम पूजा साह ।’ तर नागरिकता हेर्नुभयो भने थर भेटिँदैन । नागरिकताबाट थर नै गायब भएपछि पूजा अहिले हैरान हुनुहुन्छ ।

 

गौशालाको एउटा विद्यालयमा पढाउने पूजा मात्रै होइन, नागरिकतामा नाम हुने थर नभेटिने  महिलाहरूको सूची दुई नम्बर प्रदेशका जिल्लामा लामै भेटिन्छ । नागरिकतामा थर छैन तर  बिभिन्न शैक्षिक प्रमाणपत्रमा भने नामसँगै थर छ ।

हस्तरा ७ हालको सिरहा नगरपालिकाको जनता आधारभूत विद्यालयका शिक्षक भोगेन्द्र यादवका अनुसार उहाँको विद्यालयमा १ सय २९ जना छात्रामध्ये २० जनाले थर लेख्दैनन् । विद्यालयमा भर्ना गराउँदा जन्मदर्तालाई आधार मान्नुपर्छ ।  

व्यक्तिगत तथा कुनै पेसा, व्यवसायका लागि सरकारी सिफारिस चाहिँदा दुबै म नै हो भनेर पुष्टि र प्रमाणित गनुपर्ने बाध्यतामा सर्वसाधारण नागरिक मात्रै छैनन्, सांसद्हरू पनि उस्तै तनावमा छन् । 

 

अञ्चिल मावी बाराका प्रधानाध्यापक पप्पु सिंहका अनुसार उहाँको विद्यालयमा ५ सय जना छात्रा पढ्छन् । जसमध्ये ४ सय ३४ जनाको नाम छ, थर छैन । न मौखिक न लिखित उनीहरू सबैको नामको पछाडि  कुमारी झुण्डिएको छ ।

 

हस्तरा ७ हालको सिरहा नगरपालिकाको जनता आधारभूत विद्यालयका शिक्षक भोगेन्द्र यादवका अनुसार उहाँको विद्यालयमा १ सय २९ जना छात्रामध्ये २० जनाले थर लेख्दैनन् । विद्यालयमा भर्ना गराउँदा जन्मदर्तालाई आधार मान्नुपर्छ ।  

मधेसमा छोरीको न त विहेअघि, न त पछि कुनै जात वा थर हुँदैन भन्ने मान्यता छ । पुस्तौँपुस्तादेखि चलेको त्यो मान्यतामा ठूलो जनसङ्ख्या अहिले पनि अडिक रहेको बताउनुहुन्छ, जनकपुरका अनामिका मण्डल, तर महिला अधिकारकर्मी रीता साह नामको पछाडि थर नलेख्नुलाई विभेद मान्नुहुन्न । 

 

 

 

 

 

 

जन्मदर्ता अनुसार विद्यालयमा भर्ना गर्दा छोरीको थर नलेखी कुमारी मात्रै उल्लेख गरिन्छ । पढ्दै जाँदा एसएलसीलगायत उच्च शिक्षाका प्रमाणपत्रमा पनि नामको पछि कुमारी मात्रै हुन्छ । प्रमाणपत्रमा एउटा नागरिकतामा अर्को हुने डरले कतिपय छोरीहरूले बुझेर पनि नागरिकतामा पनि कुमारी नै कायम राख्छन् ।

 

विवाह गर्नुअघि नामपछि कुमारी हुन्छ । विहेगरेपछि भने देवी थपिन्छ तर थर कतै पनि रहँदैन । यस्तो किन हुन्छ ? धनुषाका माहामायाँ देवी यसलाई मधेसमा चलेको पुरानो चलन भन्नुहुन्छ । 

नागरिकतामा नामको पछि थर नहुँदा– नागरिता चाहिने हरेक काममा समस्या भोग्नुपर्छ । समस्या भोग्ने सामान्य महिला मात्रै छैनन् । खोज्दै जादा महिला अधिकारकर्मि र सांसदहरू पनि भेटिए । सर्लाहीबाट प्रदेश नम्बर २ का सांसद श्यामपरि देवीले अहिलेसम्म थरको परिचय पाउनु भएको छैन । 

 

 

 

 

 

 

मधेसमा छोरीको न त विहेअघि, न त पछि कुनै जात वा थर हुँदैन भन्ने मान्यता छ । पुस्तौँपुस्तादेखि चलेको त्यो मान्यतामा ठूलो जनसङ्ख्या अहिले पनि अडिक रहेको बताउनुहुन्छ, जनकपुरका अनामिका मण्डल, तर महिला अधिकारकर्मी रीता साह नामको पछाडि थर नलेख्नुलाई विभेद मान्नुहुन्न । 

 

‘छोरीलाई विभेद गर्छु भनेर थर नलेखिएको होईन, बरु मायाले नामको पछाडि कुमारी, माया थपिएको हो तर थाहा नभईकन पनि यसले छोरीहरूलाई दीर्घकालीन रूपमा अफ्ठेरो भने पारेको छ ।’ अधिकरकर्मी साहले भन्नुभयो ।

 

उहाँका अनुसार बुवाको थरसँग छोरीको थर नमिल्दा, नागरिकतामा थर नहुँदा मधेसमा छोरी, बुहारीले धेरै समस्या भोग्नुपरेको छ । तर यसलाई सामान्य रूपमा लिने गरिएको छ । जनचेतनाको कमिका कारण पनि यसलाई सामान्य रुपमा लिने गरिएको उहाँले बताउनुभयो । 

‘विहे नगर्दा सच्याउन सकिएन, अहिले सच्याउन सकिन्थ्यो तर हरेक प्रमाणपत्रहरूमा कुमारी मात्रै भएकाले फेरि अर्को  झन्झटमा फस्न चाहेन ।’ उहाँले सीआईएनसँग सुनाउनुभयो । संसददेखि संसद सचिवालयसम्म उहाँको थर सोधिन्छ अनि स्पष्टिकरण दिँदैको हैरानीमा उहाँ हुनुहुन्छ । 

 

 

 

 

 

नागरिकतामा नामको पछि थर नहुँदा– नागरिता चाहिने हरेक काममा समस्या भोग्नुपर्छ । समस्या भोग्ने सामान्य महिला मात्रै छैनन् । खोज्दै जादा महिला अधिकारकर्मि र सांसदहरू पनि भेटिए । सर्लाहीबाट प्रदेश नम्बर २ का सांसद श्यामपरि देवीले अहिलेसम्म थरको परिचय पाउनु भएको छैन । 

 

सांसद हुनुअघि पनि उहाँले आफ्नो नागरिकता सच्याएर थरसहित राखिदिन श्रीमानलाई धेरै अनुरोध गर्नुभयो तर श्रीमानले वास्ता नगरेकै कारण आफू सांसद हुदासम्म पनि नागरिकता सच्याउन नसकिएको उहाँको गुनासो छ । 

 

प्रदेश सांसद मात्रैको के कुरा ? प्रतिनिधिसभामा प्रतिनिधत्व गर्ने सांसदकै नाम छ तर थर छैन । रौतहटबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद रेखा कुमारीको सम्पूर्ण प्रमाणपत्रदेखि नागरिकतासम्ममा कुमारी मात्रै छ । नागरिकतामा बुवाको नामसहित थर छ, तर उहाँको नाममा कुमारी मात्रै । 

सर्लाहीका साहायक प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीले सच्याउन निवेदन दिए विवरण हेरेर थर लेख्ने गरेको सीआईएनसँग बताउनुभयो । ‘अहिलेसम्म मेरो नागरिकतामा थर जोडिदिनुपर्यो भन्दै आउनेको सङ्ख्या अत्यन्तै न्यून रहेको छ ।’ सहायक प्रमुख जिल्ला अधिकारी चौधरीले भन्नुभयो ।  

 

 

 

 

 

 

‘विहे नगर्दा सच्याउन सकिएन, अहिले सच्याउन सकिन्थ्यो तर हरेक प्रमाणपत्रहरूमा कुमारी मात्रै भएकाले फेरि अर्को  झन्झटमा फस्न चाहेन ।’ उहाँले सीआईएनसँग सुनाउनुभयो । संसददेखि संसद सचिवालयसम्म उहाँको थर सोधिन्छ अनि स्पष्टिकरण दिँदैको हैरानीमा उहाँ हुनुहुन्छ । 

 

शैक्षिक प्रमाणपत्रमा कुमारी र नागरिकताको नाममा विहेपछि देवी हुँदा दुबै नामधारी मै हु भनेर प्रमाणित गर्नुपर्छ । सच्याउन खोज्दा पाइने दुःखले सयौँ महिलाहरू जिल्ला प्रशासन कार्यालयसम्म पनि पुग्ने गरेका छैनन् । 

 

सर्लाहीका साहायक प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीले सच्याउन निवेदन दिए विवरण हेरेर थर लेख्ने गरेको सीआईएनसँग बताउनुभयो । ‘अहिलेसम्म मेरो नागरिकतामा थर जोडिदिनुपर्यो भन्दै आउनेको सङ्ख्या अत्यन्तै न्यून रहेको छ ।’ सहायक प्रमुख जिल्ला अधिकारी चौधरीले भन्नुभयो ।  

 

नामको पछाडि थर नभएका कारण अघिल्लो पुस्ताका महिलाले समस्या भोगिरहेकै छन् । तर नयाँ जन्मिदै गरेका छोरीलाई परम्परागत रूपमा चल्दै आएको चलनका कारण अहिलेका बुवाआमाले पनि थर  दिइरहेका छैनन ।

अडियो सुन्नुहोस्

तपाईंको बिचार