गाउँघरमा पोसिला खानेकुरा, जानकारीको अभाव

नुवाकोटमा आमा समूहहरु पोषणयुक्त खानेकुरा बारे जानकारी दिने अभियानमा (अडियोसहित)

प्रकाशित मिति: 2018-11-05
लिलप्रकाश चन्द
नुवाकोटको घ्याङफेदी दोङ्जेमा पोषणयुक्ता परिकार प्रदर्शनीमा सहभागीहरु।
नुवाकोटको घ्याङफेदी दोङ्जेमा पोषणयुक्ता परिकार प्रदर्शनीमा सहभागीहरु।

काठमाडौँ । घ्याङफेदीको दोङ्जेमा भेला भएका युवा पोषणयुक्त खानेकुरामा ख्यालै नगर्ने भेटिए । पाको पुस्तालाई कुखुरा, खसी, बोकाको मासु, माछाबाहेक अरुमा पोषणै हुँदैन जस्तो लाग्छ । युवा र पाको पुस्तामा देखिएको बुझाइको अन्तर चिर्न महिलाहरु आमा समुह नै बनाएर सक्रिय देखिएका छन् ।

नुवाकोटमा आमा समूहमार्फत पोषणयुक्त खानेकुरा बनाउने विधिको प्रदर्शनलाई अभियानको रूपमा चलाइएको छ । केरा, भट्मास, फर्सी, सखरखण्ड, तरुललगायत खानेकुरा मौसम र भूगोल अनुसार गाउँघरमा सजिलै पाइन्छ । तर आफन्त, स्टमित्रबीच बाँडेर सक्ने र कतै गाईबस्तुभाउलाई खुवाउने चलन अझैँ भेटिन्छ ।

 

 

 

 

 

 

दोङ्जेका स्वास्थ्य स्वयम्सेविका पुतली तामाङले सीआईएनसँग भन्नुभयो, ‘पोषण नपुगेको अवस्थामा बालबालिका ख्याउटे हुने, मस्तिष्क पनि राम्रो विकास नहुने लगायतका समस्या नदेखियोस् भन्नका लागि आमा समूहमार्फत पोषणयुक्त खानाको बारेमा अभ्यास गराईरहेका छौँ ।’  

 

नुवाकोटमा आमा समूहमार्फत पोषणयुक्त खानेकुरा बनाउने विधिको प्रदर्शनलाई अभियानको रूपमा चलाइएको छ । केरा, भट्मास, फर्सी, सखरखण्ड, तरुललगायत खानेकुरा मौसम र भूगोल अनुसार गाउँघरमा सजिलै पाइन्छ । तर आफन्त, स्टमित्रबीच बाँडेर सक्ने र कतै गाईबस्तुभाउलाई खुवाउने चलन अझैँ भेटिन्छ ।

 

पौष्टिकयुक्त खानाको प्रदर्शनबाट महिला तथा बालबालिका बढी फाइदा पुगेको छ । साना गोल्फु आमा समूह बेतिनीका अध्यक्ष सपना तामाङले काटेर, ताछेर फर्सीलाई मजाले उसिनेर गहुँ, चामल वा कोदोको पीठोमा  अण्डा मिसाएर गाउँघरमा नै पोषणयुक्त खाना बनाउन सिकेको बताउनुभयो ।

 

‘अण्डा हालेर रोटी वा अरु परिकार बनाएर ख्वाउने हो भने बालबालिकाले मीठो मानेर खान्छन् । यसले चाउचाउ, बिस्कुटभन्दा पनि फाइदा गर्छ ।’ सपनाले भन्नुभयो ।  

अभियान सुरु भएको दुई महिनामा १४ स्थानमा पोषिलो खाना बनाउने विधि प्रदर्शन भइसक्यो । अझैँ ५६ स्थानमा देखाउन बाँकी छ । अभियानमा समन्वयकारी भूमिका खेलेको सुआहाराका फिल्ड सुपरभाइजर गीता पुडासैनी नयाँ स्वाद चखाउनका लागि फर्सी र अण्डाको रोटी बनाएर प्रदर्शन गरिरहेको बताउनुहुन्छ ।

 

 

 

 

 

 

स्थानीय खाद्य सामग्रीमा अण्डा, चिनी, नुन मिसाएर सेल, रोटी, पकौडालगायत परिकार बनाउन सकिन्छ । पोषिलो खाना निर्माण तथा प्रदर्शन अभियान विकट वस्तिमा अझैँ प्रभावकारी भएको बालकुमारीका वडा सदस्य उमा थापाको बुझाइ छ ।

 

‘पौष्टिक आहार बनाउँदा हरेक कुरो गाउँघरको करेसाबारीमा पाइन्छ । हरेक सामग्री घरबाटै उपलब्ध भएर नयाँ परिकार बनाउँदा यसक्षेत्रका महिलालाई सजिलो भएको छ ।’ वडा सदस्य थापाले सीआईएनसँग बताउनुभयो ।  

 

अभियान सुरु भएको दुई महिनामा १४ स्थानमा पोषिलो खाना बनाउने विधि प्रदर्शन भइसक्यो । अझैँ ५६ स्थानमा देखाउन बाँकी छ । अभियानमा समन्वयकारी भूमिका खेलेको सुआहाराका फिल्ड सुपरभाइजर गीता पुडासैनी नयाँ स्वाद चखाउनका लागि फर्सी र अण्डाको रोटी बनाएर प्रदर्शन गरिरहेको बताउनुहुन्छ ।

 

प्रसोधित खानेकुरा भन्दा गाउँघरमा पाइने सबै खानेकुराहरू पोषणको हिसाबले महत्वपूण रहेको उल्लेख गर्दै उहाँले कोदो, कागुनो, चिनी जस्ता अन्न चामलभन्दा बढी नै पोषणको हिसाले फलदायी हुने धारणा राख्नुभयो । ‘अरु तरकारी, फलफूल पनि उत्तिकै महत्वपूर्ण छन् ।’ लम्सालले भन्नुभयो ।  

 

 

 

 

 

‘पोषणका लागि बजारमा किन्न जानु पर्दैन, स्थानीयस्तरमा उत्पादन हुने खानामा नै प्रशस्त मात्रामा पौष्टिक तत्व हामीले प्राप्त गर्न सक्छौँ ।’ पुडासैनीले अगाडि भन्नुभयो, ‘स्थानीयस्तरमा प्राप्त सामग्रीलाई कसरी मिसाएर खाने भन्ने जानकारी दिनका लागि र पोषण प्रवर्धन गर्न हामीले यो कार्यक्रम गर्दै आएका छौँ ।’

 

नेपालमा आमाको दूध शिशुले नखाएकै कारण बच्चामा कुपोषण हुने दर झण्डै ९० प्रतिशत  छ । गाउँघरमा पाइने फलफूल र खाद्य सामग्रीको उपयोगले कुपोषणको दर कर्म गर्न सकिने पोषणविद् केपी लम्सालको दावी छ ।

 

दुई वर्षअघिको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण अनुसार मुलुकको कुल जनसंख्याको ३४ प्रतिशत आमाले शिशुलाई पूर्ण रुपमा स्तनपान गराउँदैनन् । यसबाट बालबालिकामा भएको पोषणको कमि पुरा गर्न दुप्चेश्वरमा चलाइएको जस्तो पोषषणयुक्त खाना बनाउने विधि प्रदर्शन अरु जिल्लाका विकट वस्तिमा पनि प्रभावकारी हुन सक्छ । 

 

 

 

 

 

 

प्रसोधित खानेकुरा भन्दा गाउँघरमा पाइने सबै खानेकुराहरू पोषणको हिसाबले महत्वपूण रहेको उल्लेख गर्दै उहाँले कोदो, कागुनो, चिनी जस्ता अन्न चामलभन्दा बढी नै पोषणको हिसाले फलदायी हुने धारणा राख्नुभयो । ‘अरु तरकारी, फलफूल पनि उत्तिकै महत्वपूर्ण छन् ।’ लम्सालले भन्नुभयो ।  

 

दुई वर्षअघिको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण अनुसार मुलुकको कुल जनसंख्याको ३४ प्रतिशत आमाले शिशुलाई पूर्ण रुपमा स्तनपान गराउँदैनन् । यसबाट बालबालिकामा भएको पोषणको कमि पुरा गर्न दुप्चेश्वरमा चलाइएको जस्तो पोषषणयुक्त खाना बनाउने विधि प्रदर्शन अरु जिल्लाका विकट वस्तिमा पनि प्रभावकारी हुन सक्छ । 

 

पोषणयुक्त खानेकुराका अनेक स्रोत हाम्रा वरीपरी भए पनि त्यसलाई खाने विधि र आवश्यक जानकारी छैन । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाका महिला अचेल भने पौष्टिकयुक्त खानेकुरा खोजीखोजी खान थालेका छन् । 

 

अडियो सुन्नुहोस्

तपाईंको बिचार