नैतिक शिक्षामा नयाँ बहस (अडियोसहित)

सभ्य समाज निर्माणमा आचरणका सीप प्रभावकारी हुने विज्ञहरुको सुझाव

प्रकाशित मिति: 2018-11-08
सृजना बराल

काठमाडौं । काभ्रेका ४५ वर्षका पिंकुमाया तामाङको २ जना दाजुभाइ हुनुहुन्छ । दाजुभाइ र उहाँको उमेरमा खासै भिन्नता नभएपनि बुवाआमाले उहाँलाई जति दाजुभाइलाई अरन खटन गराउनुभएन । 

 

आजभन्दा झण्डै ३० बर्ष अघि उहाँ किशोर अवस्थामा हुँदा जसरी आमाबुवाले उहाँलाई सम्झाउनुभयो ठीक त्यसैगरी उहाँ अहिले आफ्नो छोरीलाई सम्झाउनुहुन्छ ।

 

तामाङको एकजना छोरी र एकजना छोरा छन् । तर बोलीचाली, कामकाज, व्यवहारका कुरा अह्राउने सिकाउने उहाँले छोरीलाई नै धेरै गर्नुहुन्छ ।

 

देशभरीकै अवस्था लगभग यस्तै छ । सरकारी तथा गैरसरकारी निकाय सबैले किशोरी र महिला शिक्षालाई जोड दिने गरेका छन् ।

 

पाठ्यक्रममा पनि किशोर अवस्था, प्रजनन् स्वास्थ्य, घरव्यवहारका कुरा त सिकाइन्छ तर त्यसमा पनि प्रत्यक्ष अप्रत्यक्ष महिलाहरु नै बढि पात्र बन्ने गरेका छन् ।

 

जसका कारण घरदेखि विद्यालयसम्म किशोरहरुको लागि उपयुक्त नैतिक शिक्षाको अभाव देखिन्छ । शिक्षाविद् विद्यानाथ कोईराला यो विषयमा अब बहस गर्नु जरुरी रहेको बताउनुहुन्छ । 

 

 

सरकारले किशोरहरुलाई दिने नैतिक शिक्षाको केही योजना बनाएको छ ? यस प्रश्नमा अनौपचारिक शिक्षा केन्द्रका उपनिर्देशक बद्रिप्रसाद पौडेल यस विषयमा छुट्टै विशेष कार्यक्रम नरहेको बताउनुहुन्छ ।

 

सामान्यतया घरमा छोरालाई भन्दा छोरीलाई नै धेरै काम सिकाउने गरिन्छ । काम मात्रै होइन, सँस्कार, नैतिक शिक्षा पनि छोरीलाई नै धेरै सिकाइन्छ ।

 

अरुसँग कसरी बोल्ने ? कस्तो बोल्ने ? कस्तो व्यवहार गर्ने ? के गर्न हुने के नहुने ? जस्ता कुरा छोरालाई कम छोरीलाई बढि सिकाइन्छ । 

 

किशोरीहरुमाथी भइरहेका हिंसाका घटनामा कमि ल्याउन किशोरहरुलाई नैतिक शिक्षा दिनुपर्ने बहस पनि एउटा कोणबाट उठेको छ ।

 

घरदेखि विद्यालयसम्म पनि व्यवहार र आचरणका कुराहरु सिकाउन सके सभ्य समाज निर्माणमा सहयोग पुग्ने विज्ञहरु बताउँछन् । 

 

अडियो सुन्नुहोस्

तपाईंको बिचार