सीआईएनकर्मी चन्दलाई 'युवा पत्रकारिता पुरस्कार'

१० जनालाई खेलकुद् प्रतिभा सम्मान तथा पुरस्कार वितरण

प्रकाशित मिति: 2018-11-30
तस्विरः राजन रुचाल
तस्विरः राजन रुचाल

काठमाडौँ । सामुदायिक सूचना नेटवर्क(सीआईएन) मा कार्यरत वरिष्ठ कार्यक्रम उत्पादक लिलप्रकाश चन्दलाई ‘युवा पत्रकारिता पुरस्कार २०७५’ प्रदान गरिएको छ ।

 

युवा तथा खेलकुद् मन्त्रालयमा आज एक समारोहका बीच चन्दलाई ५० हजार राशीको ‘युवा पत्रकारिता पुरस्कार’ प्रदान गरिएको हो । युवा तथा खेलकुद् मन्त्री जगत विश्वकर्माले सम्मानपत्र र पुरस्कार प्रदान गर्नुभयो ।

 

मन्त्रालयले युवाको क्षेत्रमा कलम चलाउने पत्रकारलाई यसै वर्षदेखि सम्मान तथा पुरस्कृत गर्न सुरु गरेको हो । चन्दलाई रेडियोतर्फको पुरस्कार प्रदान गरिएको हो भने टेलिभिजनतर्फको पुरस्कार मकवानपुरका रामकुमार एलन, पत्रिकातर्फको पुरस्कार दाङका सविता शर्मा र अललाइनतर्फको पुरस्कार बागलुङका विश्वास खड्काथोकीलाई प्रदान गरिएको हो ।

 

पुरस्कार वितरण गर्दै मन्त्री विश्वकर्माले मन्त्रालयले युवाको सीप र समृद्धिका लागि कलम चलाउने पत्रकारलाई पुरस्कृत गर्न पहिलोपटक निर्णय गरी कार्यविधि बनाएर कार्यान्वयन गरिएको बताउनुभयो ।

 

मन्त्रालयले १० जनालाई 'खेलकुद प्रतिभा सम्मान तथा पुरस्कार' पनि वितरण गरेको छ । सम्मानित हुनेहरुमा भारोत्तोलनका कमलबहादुर अधिकारी, तेक्वान्दोकी यानकुमारी चौलागाईं, एथलेटिक्सका विश्वरुपा बुढा र सोमबहादुर कुमाल, भलिबलकी निताकुमारी शाह र पारा तेक्वान्दोकी रञ्जना धाँमी रहनु भएको छ ।

 

एथलेटिक्स प्रशिक्षक हरिबहादुर रोकाया, ब्याडमिन्टन रेफ्री दीपक थापा, खेल चिकित्सक अजय शमशेर जबरा सम्मानित हुनु भभयो भने सङ्घसंस्थाबाट नेपाल बोसिया सङ्घ सम्मानित भएको छ । सम्मानित सबैलाई जनही एक लाख नगदसहित खेलकुद प्रतिभा पुरस्कार प्रदान गरिएको हो । 

 

तपाईंको बिचार