अकोराब र गैरसरकारी सस्था महासंघबीच सहकार्य हुने

प्रकाशित मिति: 2018-12-05

सामुदायिक रेडियो प्रशारक संघ अकोराव र गैरसरकारी संस्था महासंघ नेपालबीच सहकार्य गर्ने सहमती भएको छ । 

 

देशभरमा काम गरिरहेका गैर सरकारी संस्था र देशभरका सामुदायिक रेडियोको लक्ष्य समाज रुपान्तरण नै भएकाले दुई सस्थाबीच सहकार्य गरेर अघि बढ्ने सहमती भएको हो । 

 

काठमाडौंमा आज आयोजित छलफलमा सामुदायिक रेडियो प्रशारक संघ अकोरावका अध्यक्ष सुवास खतिवडाले दुबै संस्थाको गतीविधि मिल्ने भएकाले सहकार्य गरेर अगाडी बढ्ने सहमति भएको जानकारी दिनुभयो ।  

 

यस्तै छलफलमा गैर सरकारी संस्था महासंघका अध्यक्ष जितराम लामाले नागरिक सवालका विभिन्न मुद्धामा साझा धारणा वनाई अघि बढ्ने निर्णयमा दुबै संस्थाले सहमति जनाएकाले अब संयुक्त रणनीति बनाएर अघि बढ्नुपर्नेमा बताउनुभयो । 

तपाईंको बिचार