जाडो बढ्दै, बिरामीको चाप थपिदै(अडियो रिपोर्टसहित)

सबैभन्दा बढी चिसो हिमालमा, रोगको जोखिम भने तराईमा

प्रकाशित मिति: 2018-12-06
स्नेहा कर्ण
तस्बिर : गुगल
तस्बिर : गुगल

देशका विभिन्न जिल्लामा जाडोका कारण विस्तारै जनजीवन प्रभावित पनि हुन थालिसकेको छ । जाडो मौसममा सबैभन्दा चिसो हिमालमा हुन्छ रोग चै तराईमा बढी लाग्छ 

 

 

 

 

काठमाडौं । मोरङ विराटनगरका ३३ वर्षका जगत नारायण चौधरी ज्वरो लाग्ने र रुघाखोकी सहननसक्नेगरि सताउन थालेपछि उपचारका लागि भन्दै अस्पताल पुग्नुभयो । उहाँले जाडोमा यस्तो समस्या भने पहिलो पटक भएको हो । धादिङका हर्क गुरुङलाई जाडो मौसम सुरु हुनासाथ रुघाखोकीले सताउने गरेको यो दोस्रो पटक भयो । 

 

सामान्यतया : जाडो मौसम भन्दा गर्मीमा अस्पतालमा बिरामीको चाप बढी हुन्छ । तर अहिले जाडोमा पनि अस्पताल धाउनेहरु बढ्न थालेका छन् । जाडो मौसम सुरु भइसकेको छ । देशका विभिन्न जिल्लामा जाडोका कारण विस्तारै जनजीवन प्रभावित पनि हुन थालिसकेको छ । जाडो मौसममा सबैभन्दा चिसो हिमालमा हुन्छ रोग चै तराईमा बढी लाग्छ 

 

गत वर्ष जाडो सुरु भएको कात्तिक देखि मंसिर सम्म अस्पताल आउनेको सङ्ख्या हरेक दिन ४० देखि ६५ जना थिए भने अहिले त्यो सङ्ख्या बढेर ८० को हाराहारीमा पुगेको छ । भुगोल अनुसार रोग र अस्पतालको चाप भने फरक हुने गरेको अनुसन्धानकर्ताहरुको भनाई छ । राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषदका जलवायुपरिवर्तन शाखाका प्रमुख मेघनाथ धिमाल जलवायु परिवर्तनका कारण ठाउँ क्षेत्र अनुसार रोग फरक देखिन थालेको बताउनुहुन्छ ।


जाडोको मौसममा सबैभन्दा बढि चिसो हिमालमा हुन्छ । तर रोगको जोखिम भने सबैभन्दा तराई क्षेत्रमा त्यसपछि भित्रि पहाडी क्षेत्रमा हुन्छ । रोगले आक्रमण गर्ने तरिका भने सबै क्षेत्रमा उस्तै हुने गरेको छ । जाडो मौसममा सबैभन्दा बढि संक्रमण देखिने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान प्रमुख डा.शेर बहादुर पुनले बताउनुभयो । 

 

गत वर्ष जाडो मौसममा सबैभन्दा बढि प्रभावित तराईमा झन्डै ३५ जनाको कठ्याङ्ग्रिएर मृत्यु भएको थियो । रुघाखोकी, ज्वरो, झाडापखाला जस्ता समस्याका कारण १ सय ७० भन्दा बढि प्रभावित भएका थिए । पहाडी भेगमा एक सयको हाराहारीमा प्रभावित भएका थिए भने हिमाली भेगमा ४० देखि ५० जना प्रभावित भएका थिए । नागरकलाई जोगाउन सरकारले तयारी अवस्थामा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता महेन्द्र प्रसाद श्रेष्ठको दावी छ । 

 

तिब्र गतिमा भइरहेको जलवायु परिवर्तनले कहिले समयभन्दा छिट्टै जाडो हुने र कहिले ढिला सुरुहुने प्रक्रियामा मानिसहरु जुनसुकै बेला पनि रोगको आक्रमण पर्नसक्छन् । रोगबाट जोगिन जाडोमा तातोपानी र झोलीलो खाने न्यानो गरेर बस्ने नै उत्तम उपाय हुने चिकित्सकको सुझाव छ ।  

अडियो सुन्नुहोस्

तपाईंको बिचार