कानुन विषयमा स्नातक गर्नुभएका कुम्भ भण्डारीको दैनिकी खेत बारीमा बित्ने गरेको छ ।
केदास्युँ गाउँपालिका वडा नं १ पथुराका भण्डारी गाउँमै कृषक समुह बनाएर व्यवसायीक टमाटर खेतीमा लाग्नुभएको हो । उहाँको कमाइ वार्षिक एक लाख भन्दा बढि छ ।
टमाटर खेती सुरु गरेपछि घरखर्च चलाउन सजिलो भएको छ । ऋण खोज्न साहुकोमा जानु परेको छैन ।
परम्परागत बाली धान, मकै, कोदो, गहुँ लगाउँदा मुस्किलले खान पुग्ने अवस्था थियो । तर त्यहि खेतमा व्यवसायीक टमाटर खेती गर्न थालेपछि राम्रै आम्दानी हुन थालेको छ ।
अर्का किसान जीव भण्डारी छोराछोरी पढाउन र घरखर्च चलाउन समस्या नभएको बताउनुहुन्छ ।
टमाटर खेतीबाट राम्रो आम्दानी हुन थालेपछि किसान व्यवसायीक टमाटर खेतीतर्फ लागेका हुन् । धान मकै, कोदो लगायतका अन्न लगाउँदा तीन महिना पनि खान नपुग्ने किसानलाई अहिले टमाटर खेती आम्दानीको राम्रो स्रोत बनेको छ ।
यहाँका किसानले जिल्ला सदरमुकाम चैनपुर लगायतका बजारलाई लक्षित गरि टमाटर खेती गरेका छन् । पछि जिल्ला बाहिर समेत निर्यात गर्ने गरि टमाटर फलाउने किसानहरुको योजना छ ।
अर्गानिक उत्पादन भएकाले टमाटरको मागसँगै मूल्य पनि उच्चरहेको बताउनुहुन्छ, अगुवा किसान राधा विष्ट ।
किसानले घरमै प्रति किलो ४० रुपैयाँका दरले टमाटर बेचिरहेका छन् ।
उनीहरुलाई व्यवसायीक खेतीका लागि सहुलियत र बजारीकरणमा स्थानीय सरकारबाट सहयोगको अपेक्षा छ ।
तपाईंको बिचार