गुणराज ‘मुवाँथाइ प्लेयर अफ द एयर– २०१८’ बाट सम्मानित

प्रकाशित मिति: 2019-01-06

काठमान्डौं । नेपाल राष्ट्रिय मुवाँथाइ संघले गुणराज रुचाललाई ‘मुवाँथाइ प्लेयर अफ द एयर– २०१८’ अवार्डबाट सम्मान गरेको छ । गतवर्ष गरेको प्रदर्शनका आधारमा रुचाललाई नगद २० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । 


थाइल्यान्डको बैंककमा भएको १५ औं विश्व मुवाँथाइ च्याम्पियनसिपमा सहभागी रुचालले नेपालमा भएको तेश्रो के ब्याग अन्तराष्ट्रिय मुवाँथाइमा स्वर्ण पदक जित्नुभएको थियो । 


उहाँले गत डिसेम्बरमा कम्बोडियामा सम्पन्न दोश्रो खुनखेमर विश्व च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्नुभएको थियो । 


रुचाललाई नेपाललाई पहिलो अन्तराष्ट्रिय पदक दिलाएका पूर्व धावक जितबहादुर केसी, सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रका केन्द्रपति प्रमुख सेनानी शशिकिरण रायमाझी लगायतले सम्मान पत्र प्रदान गर्नुभएको थियो । 

 

तपाईंको बिचार