वाइडबडी विमान खरिद र अनियमितताको प्रतिवेदन सच्चियो

दुई पूर्वमन्त्री र बहालवाला मन्त्री अधिकारीलाई कानुनसम्मत कारबाहीको सिफारिस (अडियोसहित)

प्रकाशित मिति: 2019-01-07
शोबिता रिसाल
फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौँ । हिजो सोमबार बिहान साढे १० बजे, मन्त्रालयमा पत्रकार सम्मेलन गरी सस्कृती पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रबिन्द्र अधिकारीले दुईवटा फराकिलो स्वरूपका जहाज खरिदमा अनियमितता हुँदा आफ्नो कुनै संलग्नता नरहेको दावी गर्नुभयो ।

 

अहिलेसम्मका कामको विवरण सुनाउन मन्त्री अधिकारीले पत्रकार सम्मेलन गरेको भिनएको थियो तर मुख्य उद्देश्य प्रष्टिकरण दिनु थियो भन्ने बुझ्न कठिन थिएन ।

 

मन्त्री अधिकारीले पत्रकार सम्मेलन सकेको झन्डै आधा घण्टापछि सिंहदरवारमै लेखा समितिको बैठक बस्यो र उहाँले दावी गरेजसरी जहाज खरिद प्रकरणमा अनियमितताको आरोपबाट मुक्ति पाउनु भएन ।

 

जहाज खरिदको निर्णय, प्रकिया र भुक्तानीमा पूर्वमन्त्री जीवनबहादुर शाही, जितेन्द्र देव र बहालवाला मन्त्री अधिकारीको नैतिक संलग्ना देखिएको र कानुनसम्मत अनुसन्धान गर्न सरकार र अख्तियारलाई सिफारिस गर्ने निर्णय लेखा समिति सभापति भरत शाहले सुनाउनुभयो ।  

 

लेखा समिति मातहतको उपसमितिले यसअघि पर्यटनमन्त्री अधिकारीलाई प्रमुख दोषी रहेको निष्कर्ष निकाले पनि सच्याएर नैतिक जिम्मेवार भनिएको छ ।

 

तत्कालिन सचिव शंकरप्रसाद अधिकारी र नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई भने हदैसम्मको कारबाही गर्न सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिइएको छ ।

 

पर्यटन सचिव प्रेमकुमार राईले भने सफाइ पाउनुभयो । यो बिषयले भ्रष्टाचारको मात्रै होइन राजनितिक सस्कार र संरक्षणको नियत पनि बोकेको छ बताउनुहुन्छ पत्रकार हरिबहादुर थापा । 

 

सरकारले बनाएको उच्च स्तरिय छानबिन आयोगले पनि यस विषयमा अध्ययन गरिरहेको छ भने संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले पनि अध्ययन गरिरहेकाले फराकिलो स्वरूपका विमान खरिदको अनियमितताको विषय चाँडै टुङ्गिने देखिँदैन । 

अडियो सुन्नुहोस्

तपाईंको बिचार