‘धर्तीको स्वर्ग’ रारा हिउँले सेताम्मे (फोटो कथा)

‘रारामा पर्यटक बढे, स्थानीय व्यवसायीको आम्दानी पनि बढ्यो’

प्रकाशित मिति: 2019-01-09
नन्द बहादुर रोकाया, रेडियो मुगु, गमगढी

चारैतिर मनमोहक हिमाल । वरीपरि हरियाली जङ्गल बीचमा छ, सुन्दर रारा ताल । महेन्द्र तालका रुपमा परिचित रारा यतिबेला हिउँले सेताम्मे छ । 

 

समुन्द्री सतहबाट २ हजार ९ सय ७२ मिटर उचाइमा रहेको राराको सुन्दरतामा हिउँले अझ बढि सुन्दरता थपिदिएको छ । 

आईतबारदेखि परेको हिउँले पर्यटकको मनै लोभ्याएको छ । रारा वरपर पर्यटक हिउँमा रमाउने, फोटो खिच्ने अनि हिउँसँग लुकामारी गरिरहेका छन् । 

आईतबारदेखि परेको हिउँले पर्यटकको मनै लोभ्याएको छ । रारा वरपर पर्यटक हिउँमा रमाउने, फोटो खिच्ने अनि हिउँसँग लुकामारी गरिरहेका छन् ।

 

यहाँ आउने अधिकांशको प्रतिक्रिया हुन्छ, ‘रारा साँच्चै धर्तीको स्वर्ग हो ।’ रारा तालले दिनमा निकै चोटी रङ्ग फेर्छ । कहिले निलो, कहिले बैजनी, कहिले सिम्रिक जस्तो अनि कहिले खैरो । 

 

रारा तालले मौसम अनुसार दिनमै चार/पाँच पटक रङ्ग फेर्छ । त्यहि रङ्ग फेर्ने रारातालको पानीको रङ्गमा मिसिन आइपुग्छ, सिन्जे र कान्जिरोवा हिमालको छाँया । अनि रारा साँच्चै धर्तीको स्वर्ग, स्वर्गको अप्सरा जस्तै देखिन्छ । काठमाडौंबाट पहिलो पटक रारा ताल घुम्न अउनुभएका विशाल हमालले पनि यस्तै अनुभव गर्नुभयो । 

 

मुगु सदरमुकाम गमगडीको पश्चिम पट्टि १० किमी लम्बाई र ३ किमी चौडाईमा फैलिएको १६७ मिटर गहिरो रारा हेर्ने पर्यटकहरु बढेका छन्, अचेल । 

यहाँ आउने अधिकांशको प्रतिक्रिया हुन्छ, ‘रारा साँच्चै धर्तीको स्वर्ग हो ।’ रारा तालले दिनमा निकै चोटी रङ्ग फेर्छ । कहिले निलो, कहिले बैजनी, कहिले सिम्रिक जस्तो अनि कहिले खैरो । 

 

२०६९ साल पुस १ गते सडक उद्घाटन भई सदरमुकाम गमगडीसँग जोडिएको रारामा यसको एकवर्ष पछि नियमित रुपमा गाडी चल्न थाल्यो । त्यसयता रारा आउनेलाई सजिलो भयो ।

 

‘रारा पुग्नेहरु सदरमुकाम गमगढी पनि झर्छन् । रारामा पर्यटक बढे, स्थानीय व्यवसायीको आम्दानी पनि बढ्यो,’ बुद्ध गेष्ट हाउस गमगढीका सञ्चालक मनमान बुढाले भन्नुभयो । 

 

मुगु सदरमुकाम गमगढी बजारको तल्लो बजारमा कोशेली घर छ । कोशेली घरमा मुगुमा उत्पादन भएका स्थानीय बाली, चिनो, कागुनो, फापर, सिमी, मार्से लगायत स्थानीय लत्ताकपडा पनि पाइन्छ ।

मुगु सदरमुकाम गमगडीको पश्चिम पट्टि १० किमी लम्बाई र ३ किमी चौडाईमा फैलिएको १६७ मिटर गहिरो रारा हेर्ने पर्यटकहरु बढेका छन्, अचेल ।

 

छायाँनाथ रारा नगरपालिका एकका चेतना शाहीले २०७१ सालमा राराबाट फर्किने पर्यटकका लागि भनेर यो कोशेली घर खोल्नुभएको हो । चेतनाले स्थानीय ठाउँमा उत्पादन भएका सामान खरिद गरि कोशेली घरमा राख्नुहुन्छ ।

 

‘कोशेली घरले स्थानीय किसानको खर्च धानेको छ । पर्यटकलाई राराको सुन्दरताले लोभ्याएर मुगुसम्म पु¥याउँछ,’ उहाँले भन्नुभयो । 

 

यहाँ घुम्न आउनेहरुले मुगुका उत्पादनहरु कोशेलीका रुपमा किनेर लैजान्छन् । तर रारा पुग्नेहरुका लागि पर्यटकीय व्यवस्थापन अपुग भएको पर्यटकको गुनासो छ । 

 

देश भित्र र बाहिरका गरी वाार्षिक लाखौं पर्यटक रारा घुम्न आउँछन् । पर्यटक बढेपछि मुगुको आम्दानी बार्षिक ४० प्रतिशतले बढेको छ ।

 

पहिले पहिले मुगुको गरिबीको मात्र प्रचार गरिन्थ्यो । अचेल पर्यटक प्रर्वद्धन गरेर मुगुको विकास गर्न सकिन्छ भन्ने बहस उँचो भएको छ ।

तपाईंको बिचार