स्वास्थ्य केन्द्र आयो तर औषधि आएन (अडियोसहित)

बिरामी भन्छन्, ‘डाक्टर त मिले औषधि मिलेन अब सरकारले हेरिदिनुपर्छ’

प्रकाशित मिति: 2019-01-19
गङ्गराज पण्डित, रेडियो बाजुरा, बाजुरा
बाजुराको कोर्धमा रहेको सहरी स्वास्थ्य केन्द्रको भवन । तस्विरः गङ्गराज पण्डित
बाजुराको कोर्धमा रहेको सहरी स्वास्थ्य केन्द्रको भवन । तस्विरः गङ्गराज पण्डित

बाजुराका ९ ओटा स्थानीय तहमध्ये बडिमालिका नगरपालिकाले मात्रै आफ्नै स्वामित्व रहनेगरी ५ वडाभित्र बर्थिङ सेन्टरसहितको शहरी स्वास्थ केन्द्र स्थापना गरेको छ । 

 

तर ती स्वास्थ्य केन्द्रहरुमा आवश्यक औषधि र उपकरण नहुँदा बिरामीले सेवा पाउन सकेका छैनन् । 

 

बडिमालिका नगरपालिकाले ३ महिनाअघि शहरी स्वास्थ्य केन्द्र स्थापना गरेको थियो । स्वास्थ्य संस्था खुले पनि सेवासुविधा नपाई फर्कनुपर्दा बिरामी खुशी छैनन् । 

 

बडिमालिका नगरपालिका ५ का प्रेम ल्वाहारले भन्नुभयो, ‘सरकारले स्वास्थ्य संस्था दियो तर औषधि पाइएन । यसमा सरकाले हेरिदिनुपर्छ ।’ 

 

प्रेम मात्रै होइन, ५ नम्बर वडामा बस्ने स्थानीय सामान्य रोग लाग्दासमेत २ घण्टाको बाटो हिडेर बुढीगंगा स्वास्थ्य चौकीमा जानुपर्ने बाध्यता छ । 

 

सुत्केरी व्यथा लागेका महिलाहरु सेवा लिन आउने गरेका तर आवश्यक औषधि र उपकरण नहुँदा सेवा दिन नसकेको मना शहरी स्वास्थ्य केन्द्रका इन्चार्ज छत्र साउद बताउनुहुन्छ

 

नगरपालिकाले स्थापना गरेका सबै शहरी स्वास्थ्य केन्द्रको अवस्था उस्तै चिन्ताजनक छ । भौतिक संरचना र कर्मचारी पनि छन् । 

 

बर्थिङ्ग सेन्टरसहितका शहरी स्वास्थ्य केन्द्रहरुमा औषधि र उपकरणको व्यवस्था गर्ने योजना के छ ? बडिमालिका नगरपालिका स्वास्थ्य शाखा प्रमुख टेकबहादुर खड्का अहिले न्यूनतम औषधि दिएर केन्द्रबाट सशर्त अनुदान स्वरुप प्राप्त बजेट र नगरपालिकाको संयुक्त बजेटबाट २ जना एएनएम, एकजना अहेब र एकजना कार्यालय सहयोगीको व्यवस्था गरिएको बताउनुहुन्छ । 

 

मानव विकास सुचकाङ्कको पुछारमा रहेको बाजुरा जिल्लामा सर्वसाधणहरु बर्सेनी सामान्य उपचारसमेत नपाएर रोग पालेर बस्न बाध्य छन् । 

 

यो समस्याबाट मुक्ती पाउन स्थानीय सरकारको श्रोतले मात्र पुग्ने देखिंदैन । संघ, प्रदेश र स्थानीयतह मिलेर नागरिकलाई स्वास्थ्य सुविधा दिने बारेमा ठोस योजना अझै बन्न सकेको छैन । 

A PHP Error was encountered

Severity: Warning

Message: finfo::file(news/SR_Gangaraj_Pandit_1.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 182

A PHP Error was encountered

Severity: Warning

Message: mime_content_type(news/SR_Gangaraj_Pandit_1.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 183

अडियो सुन्नुहोस्

तपाईंको बिचार