अवरोधकाबीच चिकित्सा शिक्षा विधेयक संसदबाट पारित

प्रकाशित मिति: 2019-01-25

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसको अवरोधकाबीच चिकित्सा शिक्षा विधेयक संसदबाट पारित भएको छ । कांग्रेस सांसदहरुले नाराबाजी गरिरहेकौ बेला विधेयक पारित त भएको हो ।

कांग्रेसका सांसदहरुले नाराबाजी गरिरहेका बेला सभामुखले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई विधेयक टेबल गर्न अनुमति दिएका थिए । कांग्रेस सांसदहरुले मन्त्री पोखरेललाई रोक्न खोजे पनि मर्यादापालकले सुरक्षाका बिच रोष्टममा पुर्‍याएका थिए । 

रोष्टममा पुगेपछि मन्त्री पोखरलेले हात हल्लाउँदै छलफलका लागि विधेयक पेश गर्नुभएको थियो । छलफलमा सांसदहरुले भाग नलिई बहुमतका आधारमा विधेयक पारित भएको थियो ।

यसअघि विधेयक पेश भएपछि रोष्टमा नै पुगेर छलफलमा भाग लिने परम्परा रहेपनि रोष्टम कांग्रेसका सांसदले घेराऊ गरेपछि सत्तापक्षका सांसदले पनि भाग लिएनन ।  विधेयक बहुमतले पारित भएपछि  कांग्रेसले सडक र सदनमा आन्दोलनको घोषणा गरेको छ । संसदको अर्को १७ गते १ बजे बोलाइएको छ । 

आफ्ना नेताको नाम रहेको अस्पताललाई संघ मातहत ल्याउन र डा गोविन्द केसीसँग भएको सहमति अनुसार राष्ट्रिय चिकित्सा विधेयक अघि बढाउन माग गर्दै कांग्रेसले बैठक अवरुद्ध गरेको हो । 

तपाईंको बिचार