देशैभर मौसम बदली, काठमाडौंमा पनि हिमपात

प्रकाशित मिति: 2019-02-27

काठमाडौं । मौसम विभागका अनुसार अहिले देशैभर मौसम बदली भई अधिकांश भू भागमा वर्षा भइरहेको छ । रातभरी भइरहेको बर्षा बिहान ७ बजेपछि भने धेरै ठाउँमा रोकिएको छ । पश्चिमी वायूको प्रभावका कारण देशको मध्य, पश्चिम र पूर्वी क्षेत्रमा हिमपात र वर्षा भइरहेको मौसम विद् सुजन सुवेदीले सीआईएनलाई बताउनुभयो ।

 

उहाँका अनुसार आज दिनभर देशका अधिकांश भू भागमा सामान्यदेखि मध्यम खालको वर्षा हुने छ । आज रातिदेखि पश्चिमी क्षेत्रको तराईको भूभागबाट विस्तारै मौसम सफा हुँदै जाने सुवेदीले जानकारी दिनुभयो । रातिदेखि नै परेको वर्षाका कारण देशैभर चिसो बढेको छ ।

यता वर्षाका कारण काठमाडौं उपत्यका आसपासका डाँडामा हिमपातले गर्दा अत्यधिक चिसो महसुस गरिएको छ । राजधानीभित्र पनि पातालो हिमपात भएको छ ।

तपाईंको बिचार