समाचारहरु

सरकार र मधेसी मोर्चाबीच आज पनि छलफल

March 30, 2015

हिजोको छलफलबाट सहमति नजिक पुगेको सरकार र मधेसी मोर्चाबीच आज निर्णायक वार्ता हुँदैछ । संशोधन विधेयक विधेयकलाई परिमार्जनसहित फास्ट ट्रयाकबाट पारित गर्ने प्रतिबद्धता सरकारले जनाएपछि मोर्चाले सहमति जनाएको हो । हिजो भएको छलफलबाट दुवै पक्ष सहमति नजिक पुगेका हुन् ।

पुरा समाचार

उम्मेदवारको आकांक्षीः कोही जानकार, कसैको रहर

March 30, 2015

बैशाख ३१ गतेको चुनाब पछि देशमा स्थानीय तहको सरकार गठन हुने छ । जो अध्यक्ष, उपाध्यक्ष वा सदस्यमा विजयी हुन्छन् । उनीहरुले आफ्नो गाँउ वा नगरपालिकामा गर्नुपर्ने कामहरु असिमित छन् । उम्मेदवार उठ्नेलाई आफुले गर्नुपर्ने काम र कर्तव्यका बारेमा थाहा छ ? के–के छ जितेपछिको जिम्मेवारी ?

पुरा समाचार

हर्न निषेध : विस्तारै कम हुँदै हर्न बजाउने बानी

March 30, 2015

भक्तपुरको दूधपाटीबाट गुडेको एउटा बसले पुरानो बसपार्कसम्म आइपुग्दा एक पटक पनि हर्न बजाएन । गाडीका चालक दिपक पुरीलाई सरकारको यो कदम राम्रो लागेको छ तर हर्न बिना सवारी चलाउँदा निकै सावधानी अपनाउनु पर्ने उहाँको अनुभव छ ।

पुरा समाचार

आचारसंहिता उल्लंघन गर्दै विद्यालयमा कार्यक्रम

March 30, 2015

दार्चुलामा नेपाली कांग्रेस शैल्यशिखर नगरपालिका वडा नम्बर ५ को वडा समितिले आचारसंहिता उलंघन गर्दै विद्यालयमा कार्यक्रम आयोजना गरेको छ ।

पुरा समाचार

अलैँचीको बेर्नामा ओखलढुंगा आत्मनिर्भर

March 30, 2015

ओखलढुंगा जिल्ला अलैँचीको बेर्नामा आत्मनिर्भर बनेको छ । जिल्लामा बेर्ना उत्पादनलाई निरन्तरता दिन सके बाहिरबाट झिकाउनु नपर्ने कृषि बिकास कार्यालयले जनाएको छ ।

पुरा समाचार

डिएसपी विरुद्ध उजुरी दिने महिला प्रहरी झन् तनावमा

March 30, 2015

कार्यस्थलमा दुव्र्यवहार गरेको आरोपमा जिल्ला प्रहरी प्रमुख (डिएसपी) विरुद्ध विभागमा उजुरी दिएकी एक महिला प्रहरीले उल्टै मानसिक तनाव भोग्नुपरेको छ ।

पुरा समाचार

भक्तपुर बोडेमा जिब्रो छेड्ने जात्रा आज

March 30, 2015

भक्तपुरको बोडेमा शनिबार जिब्रो छेड्ने जात्रा हुँदैछ । हरेक वर्ष वैशाख २ गते बोडेमा नेवार (श्रेष्ठ) समुदायका व्यक्तिले जिब्रो छेड्ने चलन छ ।

पुरा समाचार

सिन्धुपाल्चोकमा महिला नेताको चर्चा ‘उप’ मा मात्रै

March 30, 2015

देवराज सुवेदी, रेडियो मेलम्ची सिन्धुपाल्चोक स्थानीय निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलभित्र उम्मेदवारको चर्चा पनि चुलिँदै गएको छ । प्रमुख पदहरुमा चर्चा हुँदा महिलाको नाम कुनै पनि पार्टीले पारेको पाईंदैन ।

पुरा समाचार

आजदेखि मतदाता परिचयपत्र छपाइ शुरु गरिने

March 30, 2015

निर्वाचन आयोगले आजदेखि मतदाता नामावली र मतदाता परिचयपत्रको छपाइ सुरु गर्ने तयारी गरेको छ । आयोगले एक करोड ४० लाखभन्दा बढी मतदाता भएको अनुमान गरे पनि ठ्याक्कै तथ्यांक आज सार्वजनिक गर्ने र यससँगै परिचयपत्र छपाइको काम पनि शुरु गर्ने जनाएको छ ।

पुरा समाचार